• २०८१ बैशाख ८ शनिबार

नेपालले यसरी पाउनसक्छ एकदिवसीय मान्यता  

kharibot

काठमाडौँ । आसीसी विश्वकपमा छनौट हुन असफल भएको नेपालको ध्यान अब एकदिवसीय मान्यता पाउनेमा रहेको छ । 

विश्वकप छनौटको अन्तिम खेलमा हङकङलाई पराजित गरेर नेपालले एकदिवसीय मान्यता पाउने सम्भावनालाई जिवितै राखेको हो । अब नेपालले प्ले अफ खेल खेल्दै एकदिवसीय मान्यता पाउने कोशिश गर्ने छ । एकदिवसीय मान्यता पाउने दौडमा नेपालसहित हङकङ र पिएनजी रहेका छन् ।

नेपालले प्ले अफमा पपुवा न्युगिनीसँग बिहीबार खेल्दै छ । नेपालले विहिबार पिएनजीलाई पराजित गरेमा एकदिवसीय मान्यता पाउन एक कदम अगाडी बढ्ने छ । तर अर्को प्ले अफ खेलमा नेदरल्याण्डले हङकङलाई पराजित गरेमा भने नेपालले पिएनजीलाई जितेमा मात्र पनि एकदिवसीय मान्यता पाउछ । 

विश्व क्रिकेट लिग च्याम्पियन बनेको नेदरल्याण्डले २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाईसकेकोले नेपालले पिएनजीलाई हराउने र नेदरल्याण्डले हङकङलाई हराएको स्थितिमा नेपालले एकदिवसीय मान्यता पाउने छ । त्यस्तै पिएनजीले एक दिवसीय मान्यता पाउने अवस्था पनि नेपालको जस्तै रहेको छ । 

तर नेदरल्याण्ड हङकङसँग पराजित भएमा भने नेपालले पीएनजीलाई जितेर मात्र पुग्दैन । फेरी नेपाल र हङकङबीच अर्को खेल हुने छ र सो खेलको विजेताले मात्र एक दिवसीय मान्यता पाउने छ ।

एशोसियट्स देशहरुबाट विश्वकप छनौटको सुपर सिक्समा पुग्दै स्कटल्यान्ड र यूएईले यसअघिनै एकदिवसीय मान्यता पाइसकेका छन् ।

नेपालले विहिबार अपराह्न सवा एक बजे प्ले अफ अन्तर्गत पिएनजीसँग जिम्बाबेको हरारेमा हुने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै