अश्लील भिडियो बनाई पैसा ठग्ने पक्राउ

खरीबोट
ad

रत्ननगर, चितवन ।  महिला तथा किशोरीलाई फेसबुकमा साथी बनाई उसको तस्बीरबाट अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरी पैसा ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेमा नवलपुर जिल्ला कावासोती स्थायी घर भई चितवनको भरतपुर महानगरपालिका–१२ बस्ने सुविन केसी भन्ने तीर्थ सापकोटा रहेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । 

सापकोटाले भरतपुर महानगरपालिका–२२ की एक महिलाको फोटो ब्ल्याकमेलिङ गरी रु ५० हजार ठगेको अनुसन्धानमा खुलेको ढकालले जानकारी दिए ।

त्यसपछि विभिन्न नम्बरबाट फोन गरी रु तीन लाख माग गरेको र सो रकम नदिएमा सामाजिक सञ्जालमा फोटो र भिडियो अपलोड गर्ने भनेर ब्ल्याकमेल गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

पीडितबाट उजुरी परेपछि सापकोटालाई मंगलबार भरतपुरको हाकिमचोकबाट पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

सम्बन्धित समाचार

चितवनमा दुई महिनामा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण

चितवन । जिल्लामा चालू आर्थिक वर्षको साउन र भदौ महिनामा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ८०२ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा

बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन। भरतपुर महानगरपालिका–१२ को गोन्द्राङमा शनिबार साँझ बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ५५ वर्षीय पुरुष व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुरमा सिटीहल बन्दै

चितवन । भरतपुर महानगरपालिका– १० गेष्ट हाउस चौरमा सुविधा सम्पन्न सिटीहल बनाइने भएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भोगचलन गर्दै आएको सो जग्गामा सिटीहल बनाउने निर्णयको नेपाली काँग्रेसले विरोध

चितवनमा  वन्यजन्तु उद्धार केन्द्र निर्माण गरिँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जले अपाङ्गता भएका तथा अशक्त वन्यजन्तुको संरक्षणका लागि उद्धार केन्द्र निर्माण गरिरहेको छ । निकुञ्जको देवनगर रेञ्जपोष्टको दुई सय मिटर दक्षिणमा रहेको वरण्डाभार क्षेत्रमा सो केन्द्र निर्माण