• २०८१ बैशाख ८ शनिबार

उत्तर कोरिया आणविक युद्ध निरोधक परिचालन गर्न तयार

kharibot

काठमाडौं । उत्तर कोरियाले आफ्नो आणविक युद्ध निरोधक परिचालन गर्न तयार रहेको नेता किम जोङ उनले बताएका छन् । उत्तर कोरियाले सातौं आणविक परीक्षणको तयारी गरिरहेको आशंका बढिरहेका बेला यस्तो टिप्पणी आएको हो ।

प्योङयाङले कुनै पनि बेला यस्तो परीक्षण गर्न सक्ने अमेरिकाले गत साता सचेत गरेको थियो । उत्तर कोरियाले सन् २०१७ मा पछिल्लो पटक आणविक परीक्षण गरेको थियो । उत्तरका आणविक गतिविधिलाई लिएर कोरियाली प्रायद्धीपमा तनाव बढिरहेको छ । 

उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि सुङ किमले उत्तर कोरियाले यस वर्ष अभूतपूर्व संख्यामा क्षेप्यास्त्र परीक्षण गरेको बताएका छन् । यस वर्ष उसले ३१ ओटा परीक्षण गरिसकेको छ । 

यो उत्तरको अहिलेसम्मकै धेरै परीक्षण हो । सन् २०१९ मा प्योङयाङले २५ ओटा परीक्षण गरेको थियो । उत्तरका बढ्दो आणविक गतिविधिलाई जवाफ दिन जुनमा दक्षिण कोरियाले ८ ओटा मिसाइल प्रहार गरेको थियो । 

सन् १९५० देखि सन् १९५३ सम्म भएको कोरियाली युद्ध युद्धविराममा टुंगिए पनि उत्तर कोरियाले यसलाई अमेरिका विरुद्धको जित भएको दाबी गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै