• २०८१ बैशाख ११ मंगलबार

अमेरिकासँग कुनैपनि सैन्यद्वन्द्वका लागि उत्तर कोरिया तयार छ- किम

kharibot

काठमाडौँ । किम जोङ उनले उत्तर कोरिया आफ्नो आणविक प्रतिरोध प्रयोग गर्न तयार रहेको दाबी गरेका छन् । कोरियाली युद्धको वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा उनले अमेरिकासँगको कुनैपनि सैन्यद्वन्द्वका लागि आफ्नो देश पूर्णरुपमा तयार रहेको बताए ।

उत्तर कोरियाले सातौं आणविक परीक्षण गर्न सक्ने चिन्ता व्यक्त भइरहेका बेला किम जोङ उनको बयान आएको हो ।

अमेरिकाले गत महिना उत्तर कोरियाले जुनसुकै बेला परमाणु परीक्षण गर्न सक्ने चेतावनी दिएको थियो । उत्तर कोरियाले सन् २०१७ मा अन्तिम परमाणु परीक्षण गरेको थियो । तर, कोरियाली प्रायद्वीपमा अहिले तनावको वातावरण बढ्दै गएको छ ।

उत्तर कोरियाका विशेष अमेरिकी प्रतिनिधि सुङ किमले प्योङयाङले यो वर्ष अभूतपूर्व संख्यामा मिसाइल परीक्षण गरेको बताएका छन् ।

सन् २०१९ मा उत्तर कोरियाले २५ पटक क्षेप्यास्त्र परीक्षण गरेको थियो भने यो वर्ष अहिलेसम्म ३१ पटक परीक्षण गरेको छ । जुनमा, दक्षिण कोरियाले आफ्ना आठ मिसाइल परीक्षण गरेर जवाफ दिएको थियो ।

सन् १९५०–५३ मा भएको कोरियाली युद्ध सम्झौतासँगै टुङ्गिएको भएपनि उत्तर कोरियाले यस युद्धमा अमेरिकाविरुद्ध आफ्नो जित भएको दाबी गर्दै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै