• २०८१ बैशाख १२ बुधबार

गंगादेव गाउँपालिकाका प्राविधिक शाखा प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

kharibot

काठमाडौं  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका प्राविधिक शाखा प्रमुखको रुपमा कार्यरत इन्जिनियर नविन डाँगीविरुद्ध भष्टाचार मुद्दा दायर गरेको छ । 

मोटरबाटो निर्माण योजनामा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीवरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा उनीसँग ४ लाख ६ हजार ५ सय रुपैयाँ बिगो दाबी गरिएको छ । 

डाँगीले मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस रकम मागको भन्ने उजुरी परेपछि अख्यिारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो । 

आयोगको बुटवल र नेपालगन्जबस्थित कार्यालयबाट खटिएको टोलीले डाँगीलाई सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत असार २४ गते नियन्त्रणमा लिएको थियो ।

थप अनुसन्धान हुँदा उनले अरु रकम पनि हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै