• २०८१ बैशाख ८ शनिबार

आवश्यकता र औचित्यका आधारमा संबिधान संशोधन हुन्छ – प्रधानमन्त्री ओली 

kharibot

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान गतिशिल दस्तावेज भएकोले आवश्यकता र औचित्यका आधारमा संशोधन गर्न सकिने स्पष्ट पारेका छन् । 

प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत दिएका प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभाका सांसदहरुलाई  प्रधानमन्त्री निवास बालुवाटारमा धन्यवाद दिदै सो कुरा बताएका हुन् ।

‘संविधान समयको माग अनुसार संसोधन हुन्छ’ प्रधानमन्त्री ओलीले भने ‘ तर देशलाई नोक्सानी हुने गरी, अखण्डतामा असर पर्ने गरी संसोधन हुदैन । देशलाई थप मजवुद तर एकतावद्ध पार्नका लागि संसोधन हुन्छ । ’

प्रधानमन्त्री ओलीले सरकालाई आतंककारी क्रियाकलाप सह्य नहुने बताउदै अप्राकृतिक, असामाजिक तत्वहरुले यस किसिमका क्रियाकलापबाट फाइदा लिन्छु भन्ने नसोचे राम्रो हुने प्रधानमन्त्री ओलीले चेतावनी दिए ।

प्रधानमन्त्री ओलीले सरकार हिंसा र अपराध रोक्न कडाइका साथ लागिपर्ने बताउदै भने-‘अब बलात्कारका घटना रोकिन्छन् । महिला हिंसाका विरुद्ध जागरण अभियान पनि चलाइन्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘कडा कानुन बनाएर कार्यन्वयन पनि गरिन्छ ।’ 

प्रधानमन्त्री ओलीले केही तत्वहरुले सरकार बलियो हुँदा तानशाही हुने ,लोकतन्त्र नहुने,सरकार अनुशासित भयो भने तानाशाह हुने, लोकतन्त्र नहुने,कानुनको राज भयो भने निरंकशुता हुने लोकतन्त्र नहुने जस्ता प्रचार गरेर जनतालाई भ्रमित पार्न खोजेको बताए । ‘यस्ता भ्रममा पर्नु हुदैन’ प्रधानमन्त्री ओलीले भने ‘कुनै पनि कुराको समय हुन्छ । यसरी सत्यलाई छोपेर जनालाई भ्रमित पार्ने समय सकियो । अब जनताले सत्य के हो भ्रम के हो आफै छुट्याउन सक्छन् ।’

कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीका प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरुको उपस्थिती थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै