• २०८१ बैशाख ७ शुक्रबार

उपराष्ट्रपतिको निर्वाचन चैत ९ गते हुने

kharibot

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचन चैत ९ गते हुने भएको छ । 

राष्ट्रपति निर्वाचन सकिएलगत्तै निर्वाचन आयोगले बुधबार उपराष्ट्रपति निर्वाचनको मिति घोषणा गरेको छ ।

निर्वाचन आयोगका अनुसार उपराष्ट्रपतिको उम्मेदवारी दर्ताको चैत्र ३ गतेलाई तोकिएको छ भने चैत १ गते मतदाता नामावली प्रकाशन गरिनेछ । त्यस्तै चैत्र ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

चैत ९ गते शुक्रबार विहान १० वजेदेखि अपरान्ह ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

नेपालको संविधानमा व्यवस्था भए अनुसार राष्ट्रपतिमा महिला विद्यादेवी भण्डारी निर्वाचित भएकाले उपराष्ट्रपति त्यस बाहेकका लिङ्ग वा समुदायको व्यक्ति मात्र उपराष्ट्रपतिको उम्मेदवार बन्न पाउने भएकाछन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै