सुर्खेतमा कुपोषित बालबालिकाको संख्या बढ्दै

खरीबोट

फाइल तस्बिर

ad

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेतमा ३३० जना कुपोषित बालबालिका भेटिएका छन् । 

चालू आव २०७४÷७५ को साउनदेखि पुससम्म ३३० जना बालबालिकामा कुपोषण भएको भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत वसन्त श्रेष्ठले जानकारी दिए । कुपोषित भएका बालबालिकामध्ये ३८ जना अति जोखिममा छन् । 

जिल्लामा बालबालिकालाई कुपोषणबाट बचाउनका लागि विभिन्न जनचेतना कार्यक्रम तथा सहयोगका कार्यक्रम सञ्चालन गरिएको भए पनि कुपोषित बालबालिकाको संख्या घट्न सकेको छैन । कुपोषित हुनेमा सबैभन्दा बढी दलित समुदायका बालबालिका रहेको उनले जानकारी दिए । कुपोषणमा परेका बालबालिका २३ महिना भन्दामुनिका छन् । 

आव २०७३÷७४ मा १७५ कुपोषित बालबालिका थिए । कुपोषण घटाउन जिल्लामा हाल पोषणको क्षेत्रमा सुआहारा कार्यक्रम र कृषि तथा खाद्य सुरक्षा कार्यक्रम सञ्चालनमा रहेको छ । खानपानमा ध्यान नदिँदा, गरिबी र अशिक्षाको कारण बालबालिकामा कुपोषणको समस्या देखिएको हो । क्षेत्रीय अस्पतालसहित ५१ वटा स्वास्थ्य संस्थामा कुपोषण भए नभएको चेकजाँच गरिँदैआएको छ । 

सम्बन्धित समाचार

सुर्खेतका युवा पासपोर्ट थन्काएर गाउँमै कुखुरापालन गर्दै 

सुर्खेत । विदेश जाने युवाको लहर चलिरहेका बेला बराहताल गाउँपालिका–५ सुर्खेतका ३५ वर्षीय देवीराम लामिछानेले  राहदानी थन्काएर गाउँमै कुखुरापालन शुरु गरेका छन् । पैसा कमाएर सुखको जीवन बिताउने सपना बोकेर अरुझैँ

सुर्खेतमा बाढीपीडितलाई सर्पदंशको त्रास

सुर्खेत । शनिबार पञ्चपुरी नगरपालिका–४ सुर्खेतकी आठ वर्षीया बालिका लक्ष्मी शाहीको सर्पको टोकाइबाट मृत्यु भयो । त्यस्तै गएको साउन महिनाको २२ गते पञ्चपुरी नगरपालिका– १० की १४ वर्षीय हरिकला उपाध्यायको सर्पकै

कर्णालीमा राष्ट्रिय नाटक महोत्सव हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । आरङ्ग नेपालको आयोजनामा आगामी मङ्सीरको पहिलो साता कर्णालीमा पहिलो पटक राष्ट्रिय नाटक महोत्सव हुने भएको हो

सुर्खेतमा दुई युवाको साहसिक प्याराग्लाइडिङ

सुर्खेत । आकाशमा दुईजना मान्छे चढेको चिलजस्तो केही जन्तु घुम्न थालेपछि तातोपानी गाउँपालिका–५ लाम्रा गाउँका स्थानीयवासी निकै दङ्ग परे । उनीहरु खेतबारी, चौर, बाटोघाटो र घरका छतबाट एकटक आकाशमा हेरिरहे