• २०८१ बैशाख ८ शनिबार

बेपत्ता भएको भन्दै खोजीमा करोड खर्च गरेकी श्रीमती प्रेमीसँग !

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । भारतको आन्ध्र प्रदेशको विशाखापट्टनमबाट एउटा अनौठो विषय बाहिर आएको छ । एक जोडी सोमबार विशाखापट्टनमको आरके बीचमा आफ्नो दोस्रो विवाहको वार्षिकोत्सव मनाउन गएका थिए । यसै क्रममा श्रीमती बेपत्ता भइन् । श्रीमानले उनी समुन्द्रमा डुबेको आशंका गरे । उनको खोजी भयो तर पछि उनी आफ्ना प्रेमीसंग भेटिइन् ।

बीचबाट बेपत्ता भएपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ती महिलालाई दुई दिनसम्म समुद्र तट र आसपासका क्षेत्रमा खोजी गरेको थियो । यसका लागि नौसेनाको हेलिकप्टरको सहयोग पनि लिइएको थियो । यससँगै समुद्री प्रहरी, गोताखोर, माछा मार्नेहरूले खोजी गरेका थिए । खोजी कार्यमा प्रशासनले करिब एक करोड रुपैयाँ खर्च गरेको छ ।

२१ वर्षीया साइप्रिया विशाखापट्टनम निवासी हुन् । उनले दुई वर्षअघि श्रीकाकुलम निवासी श्रीनिवास रावसँग विवाह गरेकी थिइन् । सोमबार श्रीमान्-श्रीमती आफ्नो दोस्रो विवाह वार्षिकोत्सव मनाउन सिंहचलम मन्दिर गए र त्यसपछि समुद्र तटमा घुम्न गए ।

सोमबार राति, दम्पती समुद्र तटमा पैदल यात्रा गर्दै थिए । यही क्रममा श्रीमानको फोन आयो र श्रीमतीलाई छोडेर अर्को छेउमा गए, किनकी श्रीमतीले फोनमा सेल्फी खिचिरहेकी थिइन् । केही मिनेटपछि फर्किएपछि श्रीमती त्यहाँ थिइनन् । उनले श्रीमती समुद्रमा डुबेको आशंका गरेपछि तत्कालै प्रहरीलाई खबर गरेपछि खोजी अभियान सुरु भयो ।

ती महिला आफ्नो प्रेमीसँग आरके बीचबाट भागेर रेलमा चढेर नेल्लोरको कावली पुगिन् । भाग्नु अघि उनले आफ्नो सामाजिक सञ्जाल खाताहरू मेटाएकी थिइन् र आफ्नो फोन ल्याइनन् । नेल्लोर पुगेपछि, उनले नयाँ सिम किनिन् र आफ्ना आमाबाबुलाई आफु सुरक्षित रहेको र आफु आफ्ना प्रेमीसंग रहेको सन्देश पठाएकी थिइन् ।

उनले आफ्ना आमाबुवालाई रविसँग विवाह गरिसकेको बताउदै उनलाई खोज्ने प्रयास नगर्न उल्लेख गर्दै व्हाट्सएप भ्वाइस सन्देश पठाएकी थिइन् । उनले आफूलाई भेट्न समस्या भएकोमा सरकारी अधिकारीहरूसँग माफी पनि मागेकी छन् । साथै उनले आफ्ना बाबुआमालाई पठाएको सन्देशमा आफ्नो स्थान ट्रेस गर्न खोजेमा आत्महत्या गर्ने चेतावनी दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै