छोरी जन्माउनेलाई नगदसहित सम्मान

खरीबोट
ad

विराटनगर । समाजमा छोरी जन्मिदा अपनाइने दृष्टिकोणमा परिवर्तन ल्याउन विराटनगर महानगरपालिकामा ‘छोरी बचाउ अभियान’ शुरु गरिएको छ ।

महानगरपालिकाका प्रमुख भीम पराजुली तथा उपप्रमुख इन्दिरा कार्कीले संयुक्त रुपमा पहिलो पटक छोरी जन्माउनेलाई १५ जना आमालाई प्रोत्साहन स्वरुप जनही रु तीन हजार सहित सम्मान गरे । समाजमा देखिने छोरा र छोरी विचको विभेद् अन्त्य गर्न महानगरपालिकाले पहिलो पटक यो अभियान प्रारम्भ गरेको हो । 

बीस वर्षपछि विवाह गर्ने नेपाली महिलाले गर्भ रहँदा नियमित चार पटकसम्म स्वास्थ्य जाँच गराउनुपर्ने तथा स्वास्थ्य केन्द्रमा प्रसूति गराउनेलाई महानगरपालिकाले प्रोत्साहन भत्ता दिने व्यवस्था मिलाएको छ ।

यस अभियानले तराई क्षेत्रमा जनचेतना जगाउन महत्पूर्ण निर्बाह गर्ने महनगरपालिको दाबी छ । महानगरपालिकाका प्रमुख पराजुलीले पहिलो चरणको अभियान अन्तर्गत ३५ जनालाई प्रोत्साहन भत्ता वितरण गर्ने बताए । 

छोरीलाई पनि छोरा सरह समाजमा स्थापित हुन सहज होस् भन्ने उद्देश्यले महानगरपालिकाले यो अभियान सञ्चालन गरेको उनले जानकारी दिए ।

महानगरपालिकाकी उपप्रमुख कार्कीले गर्भमा छोरी भएको थाहा भएपछि गर्भपतन गराउने प्रवृत्ति अझैपनि कायम रहेकाले यस अभियानले यस्तो सामाजिक विकृति अन्त्य गर्न सहयोग मिल्ने वश्वास व्यक्त गरे ।

तराई–मधेशमा दाइजो र सामाजिक कुरितिका कारण छोरीमाथि गरिने व्यवहारमा अझैपनि परिवर्तन आएको छैन ।

सम्बन्धित समाचार

निर्मलाकी आमाले राष्ट्रपतिलाई भनिन् - निर्मलालाई आफ्नै छोरी सम्झिएर न्याय दिलाउनुस्

काठमाडौं।  कन्चनपुरमा बलत्कारपछि हत्या गरिएकी १३ बर्षिय निर्मलाकी आमा दुर्गादेवी पन्तले घट्ना भएको ५०औं दिन बितिसक्दापनि वास्तविक हत्यारा पत्ता नलागेकोले आफूहरु न्याय माग्न काठमाडौं आएको स्पष्ट परेकी छन् । बिहीबार रिपोर्टर्स

बाबुद्वारा छोरीको हत्या

बाजुरा। स्थानीय त्रिवेणी नगरपालिका–७ मा ४५ वर्षीय धनबहाुदर ऐडीले आफ्नै छोरीको हत्या गरेका छन् ।  ऐडीले पाँच वर्षीया छोरी रबिनाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सागर बोहोराले जानकारी दिए । हत्या

आमाछोरीजस्ता सासूबुहारी !

काठमाडौं । हाम्रो समाजमा सासूलाई आमा र बुहारीलाई छोरी मान्नुपर्छ भन्ने कुरा मात्र गरिन्छ तर व्यवहारमा न सासूले बुहारीलाई छोरी मान्छन्, न बुहारीले नै सासूलाइै आमासमान ठान्छन् ।  बोलाइ र गराइमा

छोरीको हत्या भएको भन्दै सर्वेन्द्र खनालको पाउ परिन् सञ्जरिया

बारा । सन्जरिया देवीले नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालसँग न्याय मागेकी छन् । भदौ १३ गतेका दिन मृत अवस्थामा भेटेकी छोरी अन्तिमाको मृत्यु नभई हत्या गरिएको र बारा प्रहरीले