• २०८१ बैशाख १३ बिहीबार

पोप फ्रान्सिसले अवकास लिदै

kharibot

अबरोड द पापल प्लेन । पोप फ्रान्सिसले वृद्ध अवस्थाका कारण आफूले काम ढिलो गर्नुपर्ने वा अवकास लिने बारेमा सोचिरहेको बताएका छन्।

क्यानाडाको छ दिने यात्रापछि संवाददाताहरूसँगको कुराकानीमा उनले अन्तरराष्ट्रिय यात्राको आफ्नो गति कायम राख्न नसक्ने देखिएकाले अवकाशको बारेमा सोच्नुपर्ने हुन सक्छ भनेका छन् ।

घुँडा दुख्ने समस्या रहेका ८५ वर्षीय पोपले भने,“म पहिलेको जस्तै गतिले जान सक्छु जस्तो मलाई लाग्दैन।” उनले भने,“मेरो विचारमा चर्चको सेवा गर्न मेरो उमेर र यो सीमितताले गर्दा मैले आफूलाई सक्रिया सेवाबाट अलग गर्नसक्ने सम्भावनाबारे सोच्नुपर्छ।” 

फ्रान्सिसले सन् २०१३ मा आफ्नो असफल स्वास्थ्यको कारण छाडेका र अहिले भ्याटिकन सिटीमा चुपचाप बसिरहेका आफ्ना पूर्ववर्ती बेनेडिक्ट सोह्रौंले बसालेको उदाहरण पछ्याउने सम्भावना उठाएको यो पहिलो पटक भने होइन ।

पोपको हैसियतमा रहेका समय सन् २०१४ मा स्वास्थ्य बिग्रिएमा पदबाट हट्ने विचार फ्रान्सिसले संवाददाताहरूसँग बताएका थिए ।

इटालेली सञ्चार माध्यमले रिपोर्ट गरेअनुसार मे महिनामा फ्रान्सिसले क्रिश्चियन धर्मगुरूहरूसँग प्रत्यक्ष भएको भेटमा आफ्नो घुँडाको विषयमा ठट्टा गर्दै ‘म शल्यक्रिया गर्नुको सट्टा राजीनामा दिनेछु’ भनेका थिए । 

उनले शनिबार भने, “ढोका खुल्ला छ, यो एउटा सामान्य विकल्प हो, तर अहिलेसम्म मैले यो ढोका ढकढक्याएको छैन । 

उनले आफ्नो क्यानडा यात्रालाई जोड्दै भने, “यो यात्रा पनि अलिक परीक्षा थियो। यो सत्य हो कि हामीले यो अवस्थामा यात्रा गर्न सकिँदैन सायद शैलीलाई अलिकति परिवर्तन गर्नुपर्छ, कम गर्नुपर्छ, अझै गर्नुपर्ने यात्राको ऋण चुक्ता गर्नुपर्छ, पुनः व्यवस्थित गर्नुपर्छ। तर प्रभुले भन्नु हुनेछ। ढोका खुल्ला छ, त्यो सत्य हो ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै