• २०८१ बैशाख ८ शनिबार

बायर्न म्युनिखले जित्यो सुपरकपको उपाधि

kharibot

काठमाडौँ । बायर्न म्युनिखले डिएफएल सुपरकपको उपाधि जितेको छ । गएराती सम्पन्न सुपरकपमा बायर्न म्युनिखले आरबी लेइपजिंगलाई ५-३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

बायर्नको जितमा जमल मुसिआला, साडियो माने, बेन्जामिन पभार्ड, सेग्री ग्नाब्री र लिरोय सानेले एक एक गोल गरेका थिए ।

त्यस्तै आरबी लेइपजिंगका लागि मार्सल हालसटेनबर्ग, क्रिस्टोफर कुनकु र डानी ओल्मोले एक एक गोल गरेका थिए । 

योसँगै बायर्न म्युनिखले सबैभन्दा बढी १० पटक सुपरकपको उपाधि जितेको छ । बायर्नले पछिल्लो तीन सिजन लगातार यो उपाधि जित्दै आएको छ ।

डिएफएल सुपर कप् अघिल्लो सिजनको बुण्डेसलिगा र डिएफएल पोकल जित्ने टिमबीच खेलिन्छ । यदि दुवै उपाधि एकै टिमले जितेमा भने बुण्डेसलिगाको उपविजेता टिम सुपरकपका लागि खेल्न छनौट हुने व्यवस्था छ । यो जर्मन फुटबल एसोसियसनले संचालन गरेको प्रतियोगिता हो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै