• २०८१ बैशाख ७ शुक्रबार

युभेन्टसमाथि रियल म्याड्रिडको सहज जित

kharibot

काठमाडौँ ।  प्रि-सिजन अन्तर्गतको मैत्र्पूर्ण खेलमा रियल म्याड्रिडले युभेन्टसलाई पराजित गरेको छ । 

आइतबार बिहान सम्पन्न खेलमा रियल म्याड्रिडले युभेन्टसलाई २-० गोल अन्तरले पराजित गरेको हो । 

रियल म्याड्रिडको जितमा क्रिम बेन्जमाले खेलको १९औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए भने मार्को असेन्सियोले खेलको ६९औं मिनेटमा दोस्रो गोल गरेका थिए । 

रियल म्याड्रिडले अब अर्को खेल युइएफए  सुपरकप अन्तर्गत इनट्रान्च फ्र्यांकफर्टसंग अगस्त ११ मा खेल्ने छ । 

त्यस्तै युभेन्टसले भने अगस्त ८ मा एटलेटीको म्याड्रिडसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै