काठमाडौँ । नव निर्वाचित राष्ट्रपति विद्यादेव भण्डारीलाई पद तथा गोपनियताको सपथ गराएका छन् ।
न्यायपरिषद्का सचिवले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पदमा नरहेको चिठ्ठी राष्ट्रपति कार्यालयलाई पठाएपनि राष्ट्रपतिले पराजुलीबाट शपथ लिएकी छन् ।
बुधबार दिउँसो न्यायापरिषद्का सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधीश पराजुली गत श्रावनमा नै अवकाश भैसकेको भन्दै सचिव स्तरिय निर्णय गरेका थिए ।
त्यो पत्र सार्वजनिक भएको केही समयपछि प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपतिलाई प्रधानमन्त्री तथा मुलुक र विदेशका विशिष्ट व्यक्तिहरुका सामु राष्ट्रपतिलाई सपथ ग्रहण गराएका छन् ।
सो अवसरमा नेपाली सेनाको एक ब्यान्डले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो ।
शपथलगत्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिसमक्ष बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
शपथ ग्रहण समारोहमा मन्त्रीगण, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु र सामाजिक जीवनका लब्ध प्रतिष्ठित महानुभावहरु सहभागी थिए ।