• २०८१ बैशाख ८ शनिबार

जनार्दन शर्मा अर्थमन्त्रीमा पुन: नियुक्त

kharibot

काठमाडौँ । जनार्दन शर्मा अर्थमन्त्रीमा पुन: नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनार्दन  शर्मालाई मन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिलाई समावेश गराएको आरोप लागेपछि उनले असार २२ गते राजीनामा दिएका थिए ।

अर्थमन्त्रीका बिषयमा छानबिन गर्न विशेष समिति नै गठन गरिएको थियो । उक्त समितिले शर्माले त्यसरी अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालय छिराएको पुष्टि नभएको प्रतिवेदन संसदमा पेश गरेपछि माओवादी केन्द्रले शर्मालाई पुनः अर्थमन्त्रीमा अगाडी सारेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै