• २०८१ बैशाख ७ शुक्रबार

आफैले ल्याएको बजेट कार्यान्वयनको अवसर पाए- अर्थमन्त्री शर्मा

kharibot

काठमाडौँ । जनार्दन शर्माले अर्थमन्त्रालयको कार्यभार सम्हालेका छन् । आजै अर्थमन्त्रीको रुपमा पुन: नियुक्त भएका शर्माले राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अर्थमन्त्री शर्माले शपथ लिएका थिए ।

कार्यभार सम्हालेपछि बोल्दै मन्त्री शर्माले आफुले बजेट कार्यान्वयनमा ध्यानकेन्द्रित गर्ने बताएका छन् । उनले आफुले आफैले ल्याएको बजेटलाई कार्यान्वयन गर्ने अवसर पाएको भन्दै प्रधानमन्त्रीसहित गठबन्धन दलका नेताहरुलाई धन्यवाद दिएका थिए । अर्थमन्त्री शर्मा कार्यक्रममा आफूमाथि लागेको आरोप र छानबिन बारे भने मौन रहेका थिए । 

अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिलाई समावेश गराएको आरोप लागेपछि उनले असार २२ गते राजीनामा दिएका थिए ।

अर्थमन्त्रीका बिषयमा छानबिन गर्न विशेष समिति नै गठन गरिएको थियो । उक्त समितिले शर्माले त्यसरी अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालय छिराएको पुष्टि नभएको प्रतिवेदन संसदमा पेश गरेपछि गठबन्धन दलहरुले शर्मालाई फेरी अर्थमन्त्री बनाएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै