• २०८१ बैशाख ११ मंगलबार

खेल नसकिदै रोनाल्डोले किन छोडे स्टेडियम ?

kharibot


काठमाडौँ । क्लब छोड्ने चर्चाका बीच क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि प्रि-सिजनको पहिलो खेल खेलेका छन् ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा स्पेनिस क्लब रायो भल्लेकानोसँग १-१ गोलको बराबरी खेलेको छ । यस खेलमा युनाइटेडका लागि आमाद डियालोले एक गोल गरे भने रायोका लागो अल्भारो ग्रासियाले एक गोल गरेका थिए ।

रोनाल्डोले यस खेलमा पहिलो हाफ मात्र खेलेका थिए । उनलाई प्रशिक्षक एरिक टेन ह्यागके पहिलो हाफपछि सब्स्टिच्यूट गरेका थिए ।

तर रोनाल्डो पहिलो हाफ खेलेपछि खेल नसकिदै मैदानबाट बाहिरिएको विषय अहिले चर्चामा रहेको छ । रोनाल्डो खेल जारी रहेकै बेला युनाइटेडको मैदान ओल्ड टाफोर्ड छोडेपछि नयाँ अड्कलबाजी शुरु भएको छ । मैदान भित्र खेल जारी रहेका बेला उनलाई मैदान बाहिर जादै गरेको देखिएको थियो ।

उनलाई प्रशिक्षक ह्यागले स्टेडियम छोड्न अनुमति दिएका थिए या थिएनन् भन्ने स्पष्ट भएको छैन । तर रोनाल्डोको यस कदमले टिमको अनुशासनमा असर पुर्याएको विश्लेषण गरिएको छ । यस विषयमा प्रशिक्षकले कस्तो कदम चाल्छन भन्ने हेर्न बाँकी रहेको छ ।

रोनाल्डोले क्लब छोड्ने चर्चा यथावत रहेका बेला युनाइटेडबाट खेलेका छन् । रोनाल्डोले आफुलाई प्रिमियर लिग क्लबबाट नै अफर आएको र सम्झौताबाट रिलिज गर्न क्लबलाई अनुरोध गरेको रिपोर्ट यसअघि आएको थियो । तर यस बिचमा रोनाल्डोले युनाइटेडबाट खेलेर उनको युनाइटेडबाट बहिर्गमनको विषयलाई थप अन्योल बनाइदिएका छन् ।

मिडिया रिपोर्टका अनुसार उनको पूर्व पोर्चुगीच क्लब स्पोर्टिंग लिस्बनले एक बर्षको लोनमा रोनाल्डोलाई भित्र्याउन सक्ने पनि बताइएको छ ।

यसअघि रोनाल्डोलाई भित्र्याउन पिएसजी, बायर्न म्युनिख, चेल्सी, एटलेटिको म्याड्रिड जस्ता क्लबले चाहे पनि पछि अस्वीकार गरेपछि रोनाल्डोको यस सिजनमा खेल्ने क्लब बारे अहिले पनि अन्योल नै रहेको छ । 
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै