हत्याको आरोपमा एक भारतीय पक्राउ

खरीबोट
ad

बारा । हत्याको आरोपमा बारा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले वुधवार पत्रकार सम्मेलनको आयोजना गरी उनलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार पूर्वी चम्पारण स्थित सिराहा ग्राम पञ्चायत वडा नं.१२ बस्ने बर्ष २० का अवधेश कुमार माझी रहेका छन् । उनलाई वुधवार नैं पक्राउ गरि सार्वजनिक गरिएको बाराका प्रहरी उपरिक्षक राजकुमार बैदवारले पत्रकार सम्मेलन मार्फत बताए ।

प्रहरी उपरिक्षक बैदवारका अनुसार यही फागुन २५ गते विहान साँढे सात बजेको समयमा बाराको सिम्रौनगढ नगरपालिका वडा नं.४ स्थित गहुँ बारीमा शव फेला परेको थियो । शवको बारेमा प्रहरी सोधपुछ गर्दै भारतको बिहार पूर्वी चम्पारण स्थित सिराहा ग्राम पञ्चायत १२ बस्ने बर्ष २९ का अजय कुमार माझी रहेको प्रहरी उपरिक्षक बैदवारले बताए । 

बाराको सिम्रौनगढ नगरपालिका वडा नं.४ स्थित इँटा भट्टामा काम गर्दै आएको र खाना पकाउँने विषय उनीहरु बिच भएको सामान्य बिवाद बढदै जाँदा यो घटनाले रुप लिएको प्रहरी उपरिक्षक बैदवारले बताए ।

उनले कर्तव्य ज्यान मुद्दामा बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई हिरासतमा राखेर थप आवश्यक अनुसन्धान भईरहेको र सोहि घटना संलग्न रहेका अर्का एक जनाको पनि खोज तलाश भईरहेको बताए ।

त्यस्तै बारा प्रहरीले विभिन्न समयमा भन्सार छली गरी नेपाल भित्राईएका चोरी तस्करीका सामानहरु बरामद गरी सार्वनजिक गरेको थियो । तस्करी सो सामानलाई बिरगंज भन्सार कार्यालयमा बुझाएको छ ।   

 

सम्बन्धित समाचार

फोटो पत्रकार महासंघ बाराको अध्यक्षमा पुनः श्रेष्ठ 

बारा । नेपाल फोटो पत्रकार महासंघ बारा शाखाको प्रथम अधिवेशन सोमबार सम्पन्न भएको छ । अधिवेशनले जीतलाल श्रेष्ठको अध्यक्षतामा नौं सदस्यीय कार्यसमितिलाई निरन्तरता दिने निर्णय गरेको छ । समितिको उपाध्यक्षमा दिवाकर

कलवार समुदायको कुल देवता “बलभद्र” भगवानको पूजाको आयोजना

बारा। कलवार कल्याण समिति जीतपुर बाराको आयोजनामा कलवार समुदायको कुल देवताको रुपमा रहनुँ भएका बलभद्र भगवानको शनिवार सामुहिक पूजाको आयोजना गरिएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित जीतपुरमा आयोजित

आन्दोलनरत सवारी चालकहरुसँग सहमति, आन्दोलन फिर्ता हुने

बारा। सवारी चालकहरुले आफ्नों आन्दोलनका कार्यक्रम फिर्ता लिने भएका छन् । बिहिवार नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समिति र जिल्ला प्रशासन कार्यालय बाराबीच भएको सहमति अनुसार चालकहरुले तत्काल बन्दका सम्पूर्ण

बारा खाना तथा दशैं महोत्सव असोजमा हुने

बारा। होटल तथा पर्यटन व्यवसायी संघ बाराले दोश्रो खाना तथा दशैं महोत्सव २०७५ गर्ने भएको छ । नेपालीहरुको महान् पर्व बडा दशैं तथा शुभ–दिपावलीको अवसर पारेर संघले यस बर्ष पनि