• २०८१ बैशाख ८ शनिबार

हत्याको आरोपमा एक भारतीय पक्राउ

kharibot

बारा । हत्याको आरोपमा बारा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले वुधवार पत्रकार सम्मेलनको आयोजना गरी उनलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार पूर्वी चम्पारण स्थित सिराहा ग्राम पञ्चायत वडा नं.१२ बस्ने बर्ष २० का अवधेश कुमार माझी रहेका छन् । उनलाई वुधवार नैं पक्राउ गरि सार्वजनिक गरिएको बाराका प्रहरी उपरिक्षक राजकुमार बैदवारले पत्रकार सम्मेलन मार्फत बताए ।

प्रहरी उपरिक्षक बैदवारका अनुसार यही फागुन २५ गते विहान साँढे सात बजेको समयमा बाराको सिम्रौनगढ नगरपालिका वडा नं.४ स्थित गहुँ बारीमा शव फेला परेको थियो । शवको बारेमा प्रहरी सोधपुछ गर्दै भारतको बिहार पूर्वी चम्पारण स्थित सिराहा ग्राम पञ्चायत १२ बस्ने बर्ष २९ का अजय कुमार माझी रहेको प्रहरी उपरिक्षक बैदवारले बताए । 

बाराको सिम्रौनगढ नगरपालिका वडा नं.४ स्थित इँटा भट्टामा काम गर्दै आएको र खाना पकाउँने विषय उनीहरु बिच भएको सामान्य बिवाद बढदै जाँदा यो घटनाले रुप लिएको प्रहरी उपरिक्षक बैदवारले बताए ।

उनले कर्तव्य ज्यान मुद्दामा बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई हिरासतमा राखेर थप आवश्यक अनुसन्धान भईरहेको र सोहि घटना संलग्न रहेका अर्का एक जनाको पनि खोज तलाश भईरहेको बताए ।

त्यस्तै बारा प्रहरीले विभिन्न समयमा भन्सार छली गरी नेपाल भित्राईएका चोरी तस्करीका सामानहरु बरामद गरी सार्वनजिक गरेको थियो । तस्करी सो सामानलाई बिरगंज भन्सार कार्यालयमा बुझाएको छ ।   

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै