• २०८१ बैशाख १४ शुक्रबार

एनभिए निर्वाचन- मास्केले भोलि उम्मेदवारी घोषणा गर्ने

kharibot

काठमाडौं । नेपाल भलिबल संघ (एनभिए)को आगामी निर्वाचनमा वर्तमान उपाध्यक्ष निरोज मास्केले अध्यक्ष पदमा उम्मेदवारी दिने भएकी छिन् । 

मौखिक रुपमा यसअघि नै अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएकी मास्केले आगामी चार वर्षे कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी भोलि (मंगलबार) दिने भएकी हुन् । ‘नेपाली भलिबलको आगामी बाटोसम्बन्धी मेरो अवधारणासहित अध्यक्षमा उम्मेदवारीको घोषणा गर्छु,’ मास्केले सूचना जारी गरेकी छिन् । उनले दिउँसो २ बजे नेपाल हाउस हात्तीसारमा कार्यक्रम राखेकी छिन् । 

एनभिएको आगामी निर्वाचन २२ भदौमा हुँदैछ । यस्तै, उनको समूहबाट मनवीर छन्त्यालले महासचिवमा उम्मेदवारी दिने बताएका छन् । वर्तमान महासचिव जितेन्द्र चन्द समेत अध्यक्षका प्रत्यासी बन्ने जनाएका छन् । आन्तरिक रुपमा तयारी गरे पनि औपचारिक रुपमा उनले उम्मेदवारी घाेषणा भने गरेका छैनन् । 

वर्तमान कार्यसमितिको पदावधी दुई वर्षअघि नै सकिए पनि कोरोना महामारी र खेलकुद ऐनका कारण निर्वाचन हुन सकेको थिएन । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै