नक्सा स्वीकृतसम्बन्धी मापदण्ड अपारदर्शी

खरीबोट

फाइल तस्बिर

ad

जनकपुरधाम । जनकपुर उपमहानगरपालिकामा नक्सा स्वीकृतिसम्बन्धी मापदण्ड अपारदर्शी भएको आरोप प्रविधिज्ञहरूले लगाएका छन् । 

इन्जिनियरिङ कन्सल्टेन्सी एशोसिएशनले उक्त समस्याबारे आज उपमहानगरपालिका प्रमुख लालकिशोर साहलाई जानकारी गराउँदै उपमहानगरपालिकाकै कर्मचारीको संलग्नतामा नक्सा तयार पार्न लगाउन समुदायलाई बाध्य गराउने र एकाधिकार जमाउने कार्य भइरहेकाप्रति ध्यानाकर्षण गराएको हो । 

एशोसिएशनले नक्सा स्वीकृतिसम्बन्धी निश्चित मापदण्ड सार्वजनिक गर्न र मापदण्डबमोजिम सहज ढङ्गले नक्सा स्वीकृतिको प्रक्रिया अपनाउन माग गरेको छ । 

सूची दर्ताको नाममा इन्जिनियरिङ कन्सल्टेन्सीबाट लिइने दस्तुर विधिसम्मत नभएकाले यसलाई बन्द गर्दै प्राविधिकतर्फ विशेषज्ञको व्यवस्था गर्न माग गरेको छ । 

कन्सल्टेन्सीका अध्यक्ष हेमशंकर अरगरियाले एकाधिकार र स्वेच्छाचारी सञ्जालबाट आम जनसमुदायलाई मुक्त गर्न उपमहानगरपालिकाका प्रमुखलाई विशेष आग्रह गरिएको बताए । 

सम्बन्धित समाचार

जनकपुर उपमहानगरपालिकाले कर घटाउने सहमति

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाले वृद्धि गरेका कर घटाउने सहमति भएको छ ।  नेपाली काङ्गे्रस नगर समिति, उद्योग वाणिज्य सङ्घ र उपहमहानगरपालिकाका पदाधिकारीबीच शनिबार भएको छलफलबाट सो सहमति भएको हो ।  उपमहानगरपालिकाद्वारा नयाँ शीर्षकमा

मिथिलाञ्चलमा ‘चौरचन’ पर्व मनाइदै

धनुषा । जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा आज चौरचन पर्व मनाइँदै छ । यो पर्व भदौ महिनाको शुक्लपक्ष चौथी तिथिका दिन मनाइन्छ । मधेशी समुदायले यसलाई छठपछिको दोस्रो ठूलो पर्वको रूपमा

जनकपुरमा अलपत्र सडकका कारण व्यापार घाटा

जनकपुर । भत्काइएका सडक समयमै नबन्दा प्रदेश २ को अस्थायी राजधानी जनकपुरका व्यापारी अहिले करोडौँ घाटा ब्यहोर्न बाध्य छन् भने कतिपय व्यापारी पलायनसमेत भएका छन् । एकीकृत शहरी विकास परियोजनाअन्तर्गत सडक

जनकपुर–जयनगर रेलको सफल परीक्षण

महेन्द्रनगर, धनुषा। जनकपुर–जयनगरमा सञ्चालन गरिने रेलको बुधबार सफल परीक्षण गरिएको छ । विगत ४ वर्षदेखि पूर्णरुपमा बन्द रहेको देशको एकमात्र रेल सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले भारतीय पक्षले परीक्षण गरेको