• २०८१ बैशाख ६ बिहीबार

नक्सा स्वीकृतसम्बन्धी मापदण्ड अपारदर्शी

kharibot

फाइल तस्बिर

जनकपुरधाम । जनकपुर उपमहानगरपालिकामा नक्सा स्वीकृतिसम्बन्धी मापदण्ड अपारदर्शी भएको आरोप प्रविधिज्ञहरूले लगाएका छन् । 

इन्जिनियरिङ कन्सल्टेन्सी एशोसिएशनले उक्त समस्याबारे आज उपमहानगरपालिका प्रमुख लालकिशोर साहलाई जानकारी गराउँदै उपमहानगरपालिकाकै कर्मचारीको संलग्नतामा नक्सा तयार पार्न लगाउन समुदायलाई बाध्य गराउने र एकाधिकार जमाउने कार्य भइरहेकाप्रति ध्यानाकर्षण गराएको हो । 

एशोसिएशनले नक्सा स्वीकृतिसम्बन्धी निश्चित मापदण्ड सार्वजनिक गर्न र मापदण्डबमोजिम सहज ढङ्गले नक्सा स्वीकृतिको प्रक्रिया अपनाउन माग गरेको छ । 

सूची दर्ताको नाममा इन्जिनियरिङ कन्सल्टेन्सीबाट लिइने दस्तुर विधिसम्मत नभएकाले यसलाई बन्द गर्दै प्राविधिकतर्फ विशेषज्ञको व्यवस्था गर्न माग गरेको छ । 

कन्सल्टेन्सीका अध्यक्ष हेमशंकर अरगरियाले एकाधिकार र स्वेच्छाचारी सञ्जालबाट आम जनसमुदायलाई मुक्त गर्न उपमहानगरपालिकाका प्रमुखलाई विशेष आग्रह गरिएको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै