• २०८१ बैशाख ७ शुक्रबार

प्रधानमन्त्री देउवा र अर्थमन्त्रीबीच वित्तीय साँठगाँठको आशंका बढ्यो- भीम रावल

kharibot

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले जनार्दन शर्मालाई पुन अर्थमन्त्री बनाउनुले प्रधानमन्त्री देउवा र अर्थमन्त्रीका बीच वित्तीय साँठगाँठको आशंकालाई बढाएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता रावलले सिद्धान्त, नैतिकता र जवाफदेहिता बिनाको राजनीति औचित्यहीन र हानिकारक हुने उल्लेख गर्दै बजेटमा अर्थमन्त्रीबारे ठूलो विवाद भइसकेपछि छानबिन समितिको प्रतिवेदन पछि पुनः उनैलाई अर्थमन्त्री बनाउनु लोकतन्त्रमा उचित नभएको प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन्- 

सिद्धान्त, नैतिकता र जवाफदेहिता बिनाको राजनीति औचित्यहीन र हानिकारक हुन्छ । बजेटमा अर्थमन्त्रीबारे ठूलो विवाद भइसकेपछि छानबिन समितिको प्रतिवेदन पछि पुनः उनैलाई अर्थमन्त्री बनाउनु लोकतन्त्रमा उचित  होइन । यसले प्रधानमन्त्री देउवा र अर्थमन्त्रीका बीच वित्तीय साँठगाँठको आशंकालाई बढाउँछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै