• २०८१ बैशाख ७ शुक्रबार

काठमाडौँ महानगरका विषयगत समितिले पूर्णता पाए, को को कुन समितिमा परे ?

kharibot

काठमाडौं । काठमाडौं नगर कार्यपालिकाको बुधबार बसेको वैठकले विषयगत कामको जिम्मेबारी वाँडफाँड गरेको छ । 

यस अघि कार्यपालिकाको वैठकले स्वीकृत गरेको विषयगत समिति गठन सम्बन्धी नियमावली बमोजिम, नगर कार्यपालिकाको विद्यमान संगठन संरचनामा रहेका ११ वटा विभाग हेर्ने गरी वडाध्यक्षको संयोजकत्वमा कार्यपालिकाका सवै सदस्य कुनै न कुनै समितिमा पर्ने गरी जिम्मेबारी बाँडेको महानगरका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले जानकारी दिए । 

जिम्मेबारी प्राप्त समितिहरुमा शुशासन, वित्त, सामाजिक, विधायन, राजस्व, पूर्वाधार, वातावरण, सूचना प्रविधि, विपद् व्यवस्थापन र भवन व्यवस्था समिति रहेका छन् । यी समितिका संयोजकहरुमा क्रमश नवराज पराजुली, शोभा सापकोटा, मुकुन्द रिजाल, हीरालाल तण्डुकार, नविन मानन्धर, दीपक के. सी., विकास डंगोल, ईश्वरमान डंगोल, नीलकाजी शाक्य र चिनियाँमान बज्राचार्य रहेका छन् । समितिको सदस्यहरुमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरु रहेका छन् । 

कार्यपालिका वैठकले २८ गते सोमबार, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परी असामयिक मृत्यु हुनेहरुको सम्झनामा शोक प्रस्तावपारित गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ । 

शुशासन समिति
संयोजक     : नवराज पराजुली, वडाध्यक्ष वडा- ३२
सदस्य : शुद्ध डंगोल, वडाध्यक्ष, वडा नं. ७, दीपेन्द्र लामा, वडाध्यक्ष, वडा नं. ६, रश्मी खड्का, कार्यपालिका सदस्य, वडा नं. १४
 

वित्त समिति
संयोजक     : शोभा सापकोटा, वडाध्यक्ष वडा नंं १४
सदस्य  : ध्रुवनारायण मानन्धर, वडाध्यक्ष, वडा नं. १३, रमेश डंगोल, वडाध्यक्ष, वडा नं. ५, कान्ता अधिकारी, कार्यपालिका सदस्य वडा नं. २६

सामाजिक समिति 
संयोजक     : मुकुन्द रिजाल, वडाध्यक्ष वडा नंं १६
सदस्य : रामकुमार के सी., वडाध्यक्ष, वडा नं. १०, राजेन्द्रकुमार श्रेष्ठ, वडाध्यक्ष, वडा नं. २, हीरादेवी पोख्रेल, कार्यपालिका सदस्य वडा नं. ३२

विधायन समिति
संयोजक     :  हीरालाल तण्डुकार, वडाध्यक्ष वडा नं ११
सदस्य    : मचाराजा महर्जन, वडाध्यक्ष, वडा नं. २३, दलबहादुर कार्की, वडाध्यक्ष, वडा नं. ३०, पासाङ् नोर्वु लामा, कार्यपालिका सदस्य वडा नं. ६

राजस्व समिति
संयोजक    — नविन मानन्धर, वडाध्यक्ष वडा नंं १७
सदस्य : भरतलाल श्रेष्ठ, वडाध्यक्ष, वडा नं. १, कुश ढकाल, वडाध्यक्ष, वडा नं. २९, चिनीकाजी महर्जन, वडाध्यक्ष२२


पूर्वाधार समिति
संयोजक     :  दीपक के. सी, वडाध्यक्ष वडा नं ३
सदस्य    : भाइराम खड्गी, वडाध्यक्ष, वडा नं. २८, दीपक गोर्खाली राई, कार्यपालिका सदस्य, वडा नं. २९, लक्ष्मी श्रेष्ठ, कार्यपालिका सदस्य, वडा नं. ६

वातावरण समिति
संयोजक     : विकास डंगोल, वडाध्यक्ष वडा नं १२
सदस्य : ख्यामराज तिवारी, वडाध्यक्ष, वडा नं. २६, मोहन विष्ट, वडाध्यक्ष, वडा नं. ४, प्रेम पुजारी, कार्यपालिका सदस्य वडा नं. ३२

भवन व्यवस्था समिति
संयोजक     :  चिनियाँमान बज्राचार्य, वडाध्यक्ष वडा नंं २७
सदस्य : उदय चुडामणि बज्राचार्य, वडाध्यक्ष, वडा नं. २१, नारायणप्रसाद भण्डारी, वडा नं. ३१, शशिलाल श्रेष्ठ, कार्यपालिका सदस्य वडा नं. १९

सूचना प्रविधि समिति 
संयोजक     :: ईश्वरमान डंगोल, वडाध्यक्ष वडा नं १५
सदस्य : ख्याम तिवारी, वडाध्यक्ष, वडा नं. २६, दीपक गोर्खाली राई, कार्यपालिका सदस्य, प्रेम पुजारी, कार्यपालिका सदस्य, वडा नं. १७

सम्पदा तथा पर्यटन समिति 
संयोजक     : न्हुच्छेकाजी महर्जन, वडाध्यक्ष वडा नंं १८
सदस्य : बालकृष्ण श्रेष्ठ, वडाध्यक्ष, वडा नं. २४, दिनेशकुमार डंगोल, वडाध्यक्ष, वडा नं. ८, रमिता कमल स्थापित, कार्यपालिका सदस्य वडा नं. २

विपद् व्यवस्थापन समिति 
संयोजक     : नीलकाजी शाक्य, वडाध्यक्ष वडा नंं २५
सदस्य : राजेन्द्र मानन्धर, वडाध्यक्ष, वडा नं. २०, रामकृष्ण श्रेष्ठ, वडाध्यक्ष, वडा नं. ९, पासाङ् नोर्वु लामा, कार्यपालिका सदस्य वडा नं. ६

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै