आइएसका लडाकुसँग विवाह गर्नेलाई मृत्युदण्ड

खरीबोट
ad

बग्दाद । इराकको एउटा अदालतले इस्लामिक स्टेट्स आइएस समूहका सदस्यसँग विवाह गरेको अभियोगमा चारजना महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ । 

उक्त अदालतका प्रवक्ता अब्दुल सत्तार अलले सो कुराको जानकारी दिएका छन् । इराकको सर्वोच्च न्यायलयका ती प्रवक्ताका अनुसार ती महिलाले आइएस लडाकूसँग विवाह गरेका र उनीहरुलाई आवश्यक सहयोग गरेको आरोप लगाइएको छ । 

आइएस लडाकूहरूसँग बिहे गरेर आक्रमण र हिंसाका लागि आवश्यक युद्धसामाग्री पनि उपलब्ध गराएर लडाकूहरूलाई आक्रमणका लागि सघाएको आरोप सो अदालतको छ । यस अभियोग ती महिलाले स्वीकार गरेका छन् । 

मृत्युदण्डको सजाय सुनाइएका ती महिलाहरूको उमेर २० देखि ५० वर्षसम्मको रहेको र उनीलाई कालो पोशाकमा केही दिनमात्र अघि बग्दादस्थित फौजदारी अदालतमा उपस्थित गराइएइको थियो । 

इराकको मोसुल सहरबाट आइएस लडाकूलाई लखेटेपछि इराकी सुरक्षाफौजले आइएसको संलग्नताको खोजी गरिरहेको छ । 

सुरक्षा फौजले पछिल्लो समयमा ५०० भन्दा बढी र बालबालिकालाई विभिन्न सहरबाट पक्राउ परेका एएफपी समाचार समितिले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

अफगानिस्तानमा क्षेप्यास्त्र कारबाहीमा १४ आइएस लडाकू मारिए

अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अमेरिकाआबद्ध नेटो संयुक्त सैन्य गठबन्धनले गरेको क्षेप्यास्त्र आक्रमणमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहका एकजना वरिष्ट नेता मारिएका छन् । आइएस लडाकू लुकेर बसेको स्थानलाई लक्ष्य

कृषि विकास बैंकको आइएस अडिटका लागि सम्झौता

काठमाडौँ । कृषि विकास बैंक र रीण्डा बिज सर्भिसबिच कृषि विकास बैंक लि., मुख्य कार्यालय, काठमाडौंमा कृषि विकास बैंक लि.ले प्रयोगमा ल्याईरहेको समग्र सूचना प्रविधिको बारेमा सुस्म तवरले जांचबुझ तथा

१९ जना तालिबान तथा आइएसका लडाकू मारिए

काबुल (रासस/सिन्ह्वा) / अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा भएको हवाई कारबाहीमा परी कम्तीमा १९ जना तालिबान तथा आइएसका लडाकू मारिएका छन् ।  मारिनेमा दुई जना इस्लामिक स्टेट्स् (आईएस) का लडाकू कमाण्डर समेत रहेको

आइएसका लडाकुसँग विवाह गर्नेलाई मृत्युदण्ड

बग्दाद । इराकको एउटा अदालतले इस्लामिक स्टेट्स आइएस समूहका सदस्यसँग विवाह गरेको अभियोगमा चारजना महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ ।  उक्त अदालतका प्रवक्ता अब्दुल सत्तार अलले सो कुराको जानकारी दिएका छन्