बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, मेसीले गरे रोनाल्डोले भन्दा छिटो सय गोल 

खरीबोट
ad

काठमाडौँ । बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती भएको चेल्सीविरुद्धको खेलमा ३-० ले विजयी हुदै समग्रमा ४-१ को नतिजासहित बार्सिलोना विजयी भएको हो ।

चेल्सीलाई पराजित गर्न मेसीले दुई गोल गरे भने अउसमन डेमबेलेले एक गोल गरे । मेसीले खेलको तेस्रो मिनेटमा नै लुइस स्वरेजको असिस्टमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको २०औ मिनेटमा मेसीको असिस्टमा डेमबेलेले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए । 

पहिलो हाफमा २-० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल अग्रेको थियो । खेलको ६३औ मिनेटमा स्वरेजको असिस्टमा मेसीले गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाएका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र खेल बार्सिलोनाले ३-० ले जितेको थियो । 

बार्सिलोनाले चेल्सीलाई हराउदै यस अघि २०१२ मा सेमिफाइनलमा चेल्सीसँग पराजयको बदला लिएको छ । सो खेलमा मेसीले पेनाल्टी मिस गर्दा बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिनु परेको थियो ।

मेसीले बार्सिलोनालाई दुई गोल गरेर जिताउने क्रममा च्याम्पियन्स लिगमा आफ्नो एक सय गोल पनि पुरा गरेका छन् । मेसीले १२३ खेल खेल्दै च्याम्पियन्स लिगमा एक सय गोल पुरा गरेका हुन् । मेसीले रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोभन्दा १४ खेल कम खेल्दै सय गोल पुरा गरेका छन् । रोनाल्डोले १३७खेल खेल्दै च्याम्पियन्स लिगमा सय रन पुरा गरेका थिए ।

मेसीले आफ्नो क्लब र अन्तर्राष्ट्रिय क्यारियरमै सबै भन्दा छिटो २ मिनेट ८ सेकेन्डमा यस खेलमा गोल गरेका छन् । मेसीले इङलिष टिमविरुद्ध खेलेका पहिलो १० च्याम्पियन्स लिग खेलमा गोल गर्न असफल भएपनि अहिलेसम्म १८ खेलमा २० गोल गरेका छन् । 

बार्सिलोनाले च्याम्पियन्स लिगका ४० नाकआउट खेलमा केबल चार खेलमा मात्र पराजित भएको रेकर्ड छ । जसमा २६ जित र १० बराबरी सामेल छन् ।

सम्बन्धित समाचार

युरो २०१६ का गोल्डेन ब्वाय रेनाटो साञ्चेज लयमा फर्किए, च्याम्पियन्स लिगमा बायर्न म्युनिखको विजयी सुरुवात

काठमाडौँ।  च्याम्पियन्स लिगमा बायर्न म्युनिखले विजयी सुरुवात गरेको छ। गएराती भएको खेलमा बायर्नले बेनिफिकालाई २-० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो।  बायर्नको जितमा युरो २०१६ का गोल्डेन ब्वाय रेनाटो साञ्चेजले

पोग्वाको प्रेरणामा च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात 

काठमाडौँ।  म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा उत्कृष्ट सुरुआत गरेको छ । गएराती भएको खेलमा युनाइटेडले स्विसक्लब योङ्ग ब्वायेजलाई ३-० को गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा पाउल पोग्वाले २ गोल

 च्याम्पियन्स लिगमा सिटीको खराब सुरुवात, लियोनसँग पराजित 

काठमाडौँ।  च्याम्पियन्स लिग अन्तर्गत प्रिमियर लिगको च्याम्पियन म्यान्चेस्टर सिटी फ्रेन्च कल्ब लियोनसँग पराजित भएको छ।  गएराती भएको खेलमा सिटी लियोनसँग २-१ गोल अन्तरले पराजित भएको छ।  यस सिजनको च्याम्पियन्स लिगमा सिटीले

च्याम्पियन्स लिगमा रियल म्याड्रिडको रोमामाथि सहज जित, इस्कोले गरे फ्री-किकबाट गोल  

काठमाडौँ।  च्याम्पियन्स लिगको डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले यस सिजनमा पनि विजयी सुरुवात गरेको छ।  गएराती भएको खेलमा इटालीयन क्लब रोमामाथि ३-० को सहज जित निकाल्दै विजयी सुरुवात गरेको हो ।  रियलको