• २०८१ बैशाख ७ शुक्रबार

क्षतिपुर्ति रकम तिर्न अभिनेत्री एम्बरले बेचिन् आफ्नो घर

kharibot

काठमाडौँ । पाइरेट्स अफ द क्यारेबियन फेम जोनी डेप र हलिउड अभिनेत्री एम्बर हर्ड आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छन् । मिडिया रिपोर्टका अनुसार अभिनेत्री एम्बरले अदालतको आदेश अनुसार आफ्ना पुर्व पति जोनी डेपलाई क्षतिपूर्तिको रकम तिर्न आफ्नो घर बेचेकी छन् ।

अभिनेत्री एम्बरले डेपविरुद्ध अदालतमा दायर गरेको घरेलु हिंसाको मुद्दामा अदालतले उनलाई नै दोषी ठहर गर्दै १० मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश दिएको थियो । केही दिनपछि अदालतले यस विषयमा फेरि हस्तक्षेप गर्दै क्षतिपूर्ति भराउन लिखित आदेश दिएको थियो ।

रिपोर्टका अनुसार एम्बरले क्यालिफोर्नियाको मरुभूमि, युक्का भ्याली ई-स्टेटमा रहेको आफ्नो सम्पत्ति बेचेकी छन् । ६  ​​एकडमा फैलिएको उनको घर १.५ मिलियन डलरमा बेचेकी छन् ।

जोनी-एम्बर मुद्दामा, न्यायाधीशले आधिकारिक रूपमा क्षतिपूर्ति रकम घोषणा गर्दै पत्र जारी गरेका थिए । उनले आफ्नो आदेशमा दुवै जनाले आ–आफ्नो रकम छिट्टै भर्नुपर्ने लेखेका छन् । जसमा जोनी डेपको तस्बिर बिगारेको आरोपमा अदालतले एम्बरलाई १० मिलियन डलर तिर्न भनेको थियो । योसँगै निर्णायक मण्डलले जोनीलाई अम्बरलाई २ मिलियन डलर दिन आदेश दिएको थियो ।

एम्बर हर्डले जोनी डेपविरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन् । त्यसपछि अभिनेताले हर्डविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए । अभिनेत्री एम्बर हर्डले जोनी डेप विरुद्ध दुर्व्यवहार र मानसिक उत्पीडनको दावी गरेकी थिइन् । हर्डले अदालतको निर्णयलाई निराशाजनक भन्दै उनले अदालतको निर्णयले मेरो मन टुटेको बताएकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै