• २०८१ बैशाख ५ बुधबार

शंकास्पद व्यक्ति यात्रा गरेको सूचनापछि मुम्बई जाने नेपाल एयरलाइन्सको विमान रोकियो

kharibot

फाइल तस्बीर

काठमाडौं । नेपाल एयरलाइन्सको मुम्बई जान लागेको जहाज त्रिभुवन विमानस्थलमा रोकिएको छ 

१४१ जना यात्रु बोकेर मुम्बई जान लागेको विमानबाट एक जना शंकास्पद व्यक्ति यात्रा गरिरहेको सूचनाको आधारमा जहाज रोकेर सबै यात्रु ओरालिएको हो ।

सो जहाजबाट शंकास्पद भनिएका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बताइएको छ । प्रहरी स्रोतका अनुसार शंकास्पद व्यक्तिलाई केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट बुधबार १: १० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको जहाजबाट उनलाई नियन्त्रणमा लिइएको हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै