• २०८१ बैशाख ८ शनिबार

रोनाल्डोले खेल नसकिदै मैदान छोड्ने विषय अस्वीकार्य- प्रशिक्षक ह्याग

kharibot

काठमाडौँ । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले खेलाडीले खेल नसकिदै मैदान छोड्ने विषय अस्वीकार्य रहेको बताएका छन् ।

आइतबार म्यानचेस्टर युनाइटेडको रायो भल्लेकानोविरुद्धको मैत्रीपूर्ण खेलमा क्रिस्टियानो रोनाल्डो हाफ टाइमपछि सब्सटिच्युट भएपछि स्टेडियम छोडेका थिए । रोनाल्डोसहित अन्य केहि खेलाडीले पनि सो दिन खेल नसकिदै मैदान छोडेको बताइएको थियो । 

प्रशिक्षक ह्यागले भनेका छन्- 'मलाई निश्चित रुपमा यो कुनै पनि खेलाडीबाट  स्वीकार्य छैन । यो अस्वीकार्य छ । हामि एक टिम हौँ । सबै खेलको अन्त्यसम्म मैदानमा रहनु अनिवार्य छ ।'

रोनाल्डोले युनाइटेड छोड्ने प्रयास जारी राखेका बेला उनले युनाइटेडको प्रि-सिजनको अन्तिम खेलमा मात्र पहिलो हाफ मात्र खेलेका थिए । 

आगामी आइतबारबाट यस सिजनको प्रिमियर लिगका खेल शुरु हुने र युनाइटेडले पहिलो खेल ब्राइटनसँग खेल्ने तयारीका बीच प्रशिक्षकले रोनाल्डो बारे यस्तो टिप्पणी गरेका छन् । मिडिया रिपोर्टका अनुसार पहिलो खेलमा रोनाल्डो शुरुवाती प्लेइङ ११ मा नहुने बताइएको छ ।               
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै