• २०८१ बैशाख ७ शुक्रबार

लाइफ अफ पाई फेम देव पटेल वास्तविक जीवनमा बने हिरो

kharibot

काठमाडौँ । भारतीय मूलका अभिनेता देव पटेलले एक अपरिचितको ज्यान बचाउन आफ्नो ज्यान जोखिममा पारेको घटनाले उनका फ्यानहरु खुशी भएका छन् । लाइफ अफ पाई र स्लम डग मिलियनेयर फेम अभिनेता देव छुरा प्रहारको घटना रोक्न बिचमा हाम फालेका थिए । उनले घाइतेलाई बचाउन प्रहरी नआउन्जेल त्यहीँ उभिएका थिए ।

देव अष्ट्रेलियाको एडिलेडका बासिन्दा हुन् र यो घटना पनि त्यहीँ भएको हो । मंगलबार देव आफ्ना साथीहरूसँग एडिलेडको एउटा जनरल स्टोरमा गएका थिए । पसल नजिकै एक जोडी झगडा गरिरहेका थिए । झगडा गर्दै गर्दा यो जोडी पसलको धेरै नजिक पुग्यो । सो क्रममा महिलाले पुरुषको छातीमा छुरा प्रहार गरिन् ।

यो मामिला बढ्नुअघि नै देव र उनका साथीहरू यो चक्कु लडाइको बीचमा आए । प्रहरी र एम्बुलेन्स नआउन्जेल घाइतेलाई जोगाएका थिए । देवका प्रवक्ताले अभिनेताले आफ्नो स्वभाव अनुसार व्यवहार गरेको बताएका छन् ।

मलाई लाग्छ जो जो त्यहाँ छन्, तिनीहरू ठीक छन् । प्रहरीका अनुसार घाइते ३२ वर्षीय युवकलाई अस्पतालमा भर्ना गरिएको र उनको अवस्था सामान्य रहेको छ । महिलालाई पक्राउ गरिएको छ ।

सामाजिक सञ्जालमा फ्यानहरूले देव पटेलको तारिफ गरिरहेका छन् । फ्यानले खतरनाक अवस्थामा पनि कसैको ज्यान बचाउनु नै उत्कृष्ट काम भएको बताएका छन् । 

देव पटेल २००८ मा ड्यानी बोयलको फिल्म स्लम डग मिलियनेयरबाट विश्व प्रसिद्ध भएका थिए । फिल्मले ८ ओस्कार अवार्ड जितेको थियो । यस फिल्ममा देवका अलावा फ्रेडा पिन्टो, अनिल कपूर पनि थिए । देवले २०१६ फिल्म लायनको लागि ओस्करमा नामांकन प्राप्त गरेका थिए ।

यस फिल्ममा उनले एक भारतीय बालकको भूमिका निभाएका थिए जसलाई एक अस्ट्रेलियाली परिवारले ग्रहण गरेको थियो । यसबाहेक लाइफ अफ पाई र लास्ट एयरबेंडर जस्ता फिल्महरूले देवलाई विश्वभर लोकप्रिय बनाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै