• २०८१ बैशाख १३ बिहीबार

असोजमा रारा राष्ट्रिय म्युजिक अवार्ड हुने

kharibot

काठमाडौं । आगामी असोजमा रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९ हुने भएको छ ।

विभिन्न विधामा हुने अवार्डका लागि सहभागीले यही साउन मसान्तसम्म आवेदन दिन सक्ने आयोजक संस्था कर्णाली कलाकार समाज तथा कनका सुन्दरी फिल्मस्ले जनाएको छ ।

काठमाडौंमा आयोजना हुने अवार्डका लागि भदौ दोस्रो साता नोमिनेस सुरु हुने र अवार्डका लागि भाषा, भाषी, लोकदोहोरी, आधुनिक, राष्ट्रिय गीत गरी चार विधामा आवेदन दिन सकिने बताइएको छ ।

आयोजक संस्था कर्णाली कलाकार समाजका अध्यक्ष कलाकार पदम रोकायाका अनुसार अवार्डमा एसएमएस भोटिङको मत ४० प्रतिशत, निर्णायक मण्डलको मूल्यांकन ५० र आयोजकको १० प्रतिशत गणना हुनेछ ।

काठमाडौंवाहिरका सहभागीले पनि गीतको क्लिप पठाएर सहभागिता जनाउन सक्ने उनले रोकायाले बताए। आवदेन शुल्क भने इसेवा वा मोबाइल बैकिङबाट पठाउन सकिनेछ ।

कर्णाली कलाकार समाजले स्थानीय कला संस्कृतिको प्रवर्द्धनका लागि वेलावेलामा सांस्कृतिक महोत्सव पनि आयोजना गर्दै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै