• २०८१ बैशाख १३ बिहीबार

भारतमा कोरोना बढ्दै: २० हजारलाई संक्रमण, ७० जनाको मृत्यु

kharibot

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या बढेको छ । शुक्रबार भरतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् भने ७० संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप २० हजार ५५१ नयाँ संक्रमित भेटिएका छन् । यस क्रममा २१ हजार ५९५ जना ठिक पनि भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७० जनाको मृत्यु भएसँगै भारतमा महामारीबाट मृत्यु हुनेको संख्या ५ लाख २६ हजार ६ सय पुगेको छ । भारतमा अहिले सक्रिय संक्रमितको संख्या एक लाख ३५ हजार ३६४ रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै