• २०८१ बैशाख १३ बिहीबार

अमेरिकी बास्केटबल खेलाडीलाई रुसी अदालतद्वारा नौ वर्षको जेल सजाय

kharibot

काठमाडौँ । रुसको एक अदालतले अमेरिकी बास्केटबल खेलाडी ब्रिटनी ग्रिनरलाई नौ वर्षको जेल सजाय र १० लाख रुबल जरिवाना गरेको छ । ब्रिट्नीमाथि लागुऔषध तस्करीको आरोप छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अदालतको कार्यवाही अस्वीकार गरेका छन् । उनले रुसलाई ‘कैदी आदानप्रदान सम्झौता’ स्वीकार गर्न आग्रह गरेका छन् । यहाँ, रुसले अमेरिकासँग कैदी आदानप्रदान सम्झौतामा छलफल गर्न तयार रहेको बताएको छ ।

ग्रिनरको रिहाइका लागि अमेरिकाले रुससँग कैदी अदलाबदली अर्थात् एक कैदीको बदलामा अर्को बन्दी रिहा गर्ने सम्झौता गरेको थियो । अमेरिकाले ब्रिट्नीको बदलामा खतरनाक रुसी हतियार व्यापारी भिक्टर बाउटलाई रिहा गर्न प्रस्ताव गरेको थियो ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले भने, ‘हामीले रुससँग गम्भीर सम्झौता अघि बढाएका छौं । रुसले यसलाई स्वीकार गर्नुपर्छ ।'

रोयटर्सका अनुसार रुसले यस कैदी सम्झौतामा वादिम क्रासिकभलाई रिहा गर्न पनि माग गरिरहेको छ । वदिम हत्याको आरोपमा जर्मनीको जेलमा कैद छन् । यद्यपि किर्बीले अमेरिकाले यसबारे नसोचेको बताए । अमेरिकाले वादिमको रिहाइलाई छलफलको विषय बनाउनुपर्छ भन्ने नलागेको बताएको छ ।

३१ वर्षीया अमेरिकी स्वर्ण पदक विजेता ब्रिटनीलाई १७ फेब्रुअरी २०२२ मा मस्को एयरपोर्टमा पक्राउ गरिएको थियो । उनी रूसी प्रिमियर लिगमा भाग लिन मस्को गएकी थिइन् । विमानस्थलमा उनको लगेजमा लागुऔषधबाट निकालिएको तेलको कारतूस भेटिएको थियो । उनको गिरफ्तारी रुस–युक्रेन युद्धको केही दिन अघि भएको थियो । पक्राउ परेपछि,

ब्रिटनीलाई गलत तरिकाले जेलमा राखिएको अमेरिकाको आरोप रहेको छ ।

रसियन विदेशमन्त्रीसेर्गी लाभरोभले यस प्रकरणमा अमेरिकासँग कुरा गर्न तयार रहेको बताएका छन् । उनले दुवै देशका राष्ट्रपति बीचको यस अघिको सहमति अनुसार नै यस विषयमा छलफल हुने बताए । त्यस्तै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले पनि यस विषयमा रुससँग छलफल हुने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै