• २०८१ बैशाख ८ शनिबार

रुसद्वारा बुल्गेरियाका १४ कुटनीतिज्ञ निकासित

kharibot

मस्को । रुस र बुल्गेरिया विचको कुटनीतिक सम्वन्धमा तनाव बढेको छ । रुसले बुल्गेरियाका १४ कुटनीतिज्ञलाई आफ्नो देश छाड्न आदेश दिएको अधिकारीहरुले जनाएका छन् । 

बुल्गेरियाले रुसका ७० कुटनीतिज्ञहरुलाई देश निकाला गरेकाले प्रतिक्रिया स्वरुप रुसले बुल्गेरियाका कुटनीतिज्ञहरुलाई निकाला गरेको हो ।  

रुसको विदेश मन्त्रालयले रुसका लागि बुल्गेरियाका राजदूत अतानास क्रास्तिनलाई मन्त्रालयमा बोलाएर १४ जनालाई देश निकाला गर्ने निर्णय भएको जानकारी गराएको थियो । 

निस्कासित गरिएका सबै जना मस्कोस्थित बुल्गेरियाको दूतावास र कन्सुलर कार्यालयमा कार्यरत थिए । 

बुल्गेरियाले आफ्ना कुटनीतिज्ञहरूलाई जस्तो व्यवहार गरेको थियो, त्यस्तै व्यवहार आफ्नो तर्फबाट बुल्गेरियालाई गर्नु परेको रूसी पक्षको भनाइ छ ।  

बुल्गेरियाका प्रधानमन्त्री किरिल पेत्कोभले गत जुनमा रुसी ७० कुटनीतिज्ञहरुलाई आफ्नो देशबाट निकाला गर्ने निर्णय गरिएको बताएका थिए ।  

ती रुसी कुटनीतिज्ञहरुले बुल्गेरियाको चासो र चाहना विपरितका गतिविधि गरेकाले निस्कासित गर्नु परेको उनले उल्लेख गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै