काठमाडौँ । नेपालको द्रुत गतीमा अगाडी बढी रहेको ईन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदायक संस्था क्लास्सिक टेकले ४ नयाँ ठाउँहरुमा आफ्नो शाखाको बिस्तार गरेको छ ।
क्लास्सिक टेकका प्रबन्धक निर्देशक, निशा खरेलले शाखाहरुको उद्घाटन गरेकी छन् । यो सँगै क्लासिक टेकको काठमाडौँ उपत्यकामा २३ वटा शाखा बह्येका छन् ।
कम्पनीले आफ्नो २०औं गठ्ठाघर शाखा, गठ्ठाघर चोक भक्तपुरमा, २१औं ललितपुर शाखा थसिखेल, ललितपुरमा, २२औं किर्तिपुर शाखा ट्याङ्लाफाट, किर्तिपुर र २३औं बालाजु शाखा माछापोखरी , बालाजु, काठमाडौँमा सुरु गरेको छ ।
छिटो भन्दा छिटो र भर्पर्दो सेवा उपलब्ध गराउने नै शाखा विस्तारको मुख्य उद्धेश्य रहेको कम्पनीले जनाएको छ ।
साथै रकम भुक्तानी वा रिचार्जलाई सर्बसुलभ बनाउन विभिन्न अनलाईन भुक्तानी तथा अनलाइन बैंकिंग सेवाको लागि सहकार्य अघी बढाइसकेको कम्पनीले जनाएको छ । त्यस्तै भिजा, मास्टर कार्ड स्वाइप गरी भुक्तान गर्ने विकल्पको लागि पनि काम अघी बढेको कम्पनीले जनाएको छ ।
क्लास्सिक टेकको ईन्टरनेट, इन्ट्रानेट तथा आइसीटी सम्बन्धित सेवाहरुमा ८ बर्ष को अनुभव छ । यती छोटो समयमा नेपालको ७२ जिल्लामा आफ्नो सेवा बिस्तार गरिसकेको छ ।
हाल २३ स्थानमा आफ्ना शाखास्थापना गरीसकेको यस कम्पनीमा १००० भन्दा बढी दक्ष कर्मचारी आबद्ध छन, त्यस्तै ४०, ००० भन्दा बढीग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
विश्वकै उत्कृष्ट जिपोन प्रबिधीमा आधारित फाइबर टु होम सेवाको माध्यमबाट ईन्टरनेट सेवा नेपालमा मुख्य शहरहरुमा उपलब्ध गराइसकेको छ ।