• २०८१ बैशाख १२ बुधबार

मेलम्चीसहित साना खोलाको बहाब बढ्यो, सतर्क रहन चेतावनी

kharibot

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको गुम्थाङ, धाप, नकोटे र आसपास ठुलो बर्षा भएको छ ।

यस क्षेत्रमा पछिल्लो ३-६ घण्टा ठुलो बर्षा मापन गरिएको भन्दै बाढी पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, बलेफि र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ ।

महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

स्थानीयहरुका अनुसार तालामाराङ र मेलम्ची खोलामा पानीको बहाव बढेको र तटीय बस्तीका स्थानीयहरू त्रसित अवस्थामा रहेको बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै