• २०८१ बैशाख १३ बिहीबार

इरानमा बाढीमा ८० जनाको मृत्यु

kharibot

तेहरान । इरानमा हालै आएको बाढी पहिरोमा पनि मृत्यु हुनेको संख्या ८० नाघेको  छ ।

देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीहरूको मृत्यु भएको हो ।  

इरानको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रमुख मोहम्मद हसन नामीले बाढी पहिरोमा अझै केही वेपत्ता भएको बताए ।

बेपत्ता भएकाहरूको खोजीका लागि उद्धारकर्ता, सुरक्षाकर्मीलगायतलाई खटाइएको छ ।

इरानमा यही जुलाई २३ देखि भारी वर्षा भएको र वर्षाका कारण बाढी पहिरो आएकोले ठूलो क्षति भएको अधिकारीहरूले बताएका छन् ।

बाढी पहिरोमा ६१ हजार सामग्री उपलब्ध गराइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै