• २०८१ बैशाख १२ बुधबार

किम र पीटको ब्रेकअप

kharibot

काठमाडौँ । हलिउड मोडल किम कार्दासियन र उनका नयाँ प्रेमी पीट डेभिडसनले नौ महिनाको प्रेम सम्बन्धलाई टुंग्याएका छन् । उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई आधिकारिकता दिएको केही समय बित्न नपाउँदै अलग्गिने निर्णय गरेका छन् ।

किमले केही हप्ताअघिमात्र मिडियालाई आफूहरुको प्रेमको विकासका बारेमा जानकारी दिएकी थिइन् । यो जोडी आ–आफ्नो काममा लगातार व्यस्त हुनु र व्यस्त समय तालिकाले एकअर्कालाई भेट गर्ने वातावरण नबन्नु नै अलग्गिने कारण रहेको सञ्चारमाध्यमले जनाएका छन् ।

किम र पीट सन् २०२१ अक्टोबरदेखि डेटमा थिए । उनीहरुले एकअर्कालाई प्रेमीभन्दा पनि साथीका रुपमा व्यवहार गर्ने उल्लेख गरेका छन् ।

२८ वर्षका पीट र ४१ वर्षकी किम आ–आफ्नो काममा व्यस्त छन् । कामको हिसाबमा पीट किमभन्दा धेरै सहज छन् । पीट आफूसँगै किमलाई आफूले चाहेको स्थानमा लैजान चाहन्छन् । तर किमलाई पीटको यो बानी मनपर्दैन । किनकी किम पीटलाई भन्दा पनि आफ्ना सन्तानलाई ध्यान दिन चाहन्छिन् ।

किमको पूर्व पति कान्ये वेस्टबाट चार सन्तान छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै