• २०८१ बैशाख ८ शनिबार

नक्कली खाता बारे स्पष्ट जानकारी भए ट्वीटर किन्न तयार छु- मस्क

kharibot

काठमाडौँ । एलन मस्कले ट्वीटरको बारेमा फेरि प्रश्न उठाएका छन् । मस्कले ट्वीटरले आफ्ना नक्कली खाताका बारेमा स्पष्ट जानकारी गराएमा अहिले पनि आफु कम्पनि किन्ने कुरामा कायम रहेको बताएका छन् ।

उनले एक सय खाताको नमूना संकलन गर्ने विधि उपलब्ध गराए र त्यसको यथार्थ पहिचान गरेको बताएमा पुरानो सर्तअनुसार कम्पनी किन्न तयार रहेको बताएका हुन् ।

मस्कले ट्विटरको अमेरिकी धितोपत्र बोर्डमा फाइलिङ गलत छ भने सम्झौता अगाडि बढ्नु नहुने बताएका छन् ।

एक ट्विटर प्रयोगकर्ताले मस्कलाई युएस एसईसीले कम्पनीको शंकास्पद दावीको अनुसन्धान गरिरहेको छ कि भनी सोधेको प्रश्नको जवाफमा उनले भने यो राम्रो प्रश्न भन्दै छानबिन किन हुदैन ? भनेर प्रश्न गरेका छन् ।

यता ट्विटरले मस्कको दावीलाई अस्वीकार गरिरहेको छ र मस्कले सम्झौता अनुसार कम्पनि किन्न पछि हटेको भन्दै कानुनी उपचारमा अगाडी बढेको छ । ट्विटरले मस्कको भनाइ अविश्वसनीय र तथ्यभन्दा बाहिर रहेको बताउदै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै