• २०८१ बैशाख ७ शुक्रबार

पिएसजीद्वारा फ्रेन्च लिग वानमा शानदार शुरुवात

kharibot

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले नयाँ सिजनको शानदार शुरुवात गरेको छ ।

गएराती सम्पन्न सिजनको पहिलो खेलमा पिएसजीले क्लेर्मोन्ट फूटलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए भने नेइमार, आचर्फ हाकिमी र मार्क्योनसले एक एक गोल गरेका थिए ।

खेलको नवौं मिनेटमा नेइमारले पिएसजीका लागि शुरुवाती गोल गरेका थिए भने हाकिमीले २६औं मिनेटमा, मार्क्योनसले ३८औं मिनेटमा र मेसीले ८० र ८६औँ मिनेटमा गोल गरेका थिए ।

यस खेलमा नेइमारले तीन गोल असिस्ट गरेका थिए ।

योजितसँगै पिएसजीले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । अब पिएसजीले अर्को खेल मोन्टपेल्लिएरविरुद्ध अगस्त १४ मा खेल्दै छ ।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै