• २०८१ बैशाख ८ शनिबार

उदयपुरमा चट्याङले ३ गोरु र २ गाई मरे

kharibot

उदयपुर । चट्याङ पर्दा उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पाँच गाईगोरु मरेका छन् ।

शनिबार राति वर्षासँगै परेको चट्याङका कारण लिम्चुङबुङ गाउँपालिका–३ बाराहा निसिन्टारका मदनबहादुर कार्कीको तीन वटा गोरु र दुई वटा गाई मरेका हुन् ।

गोठमा रहेका गाईगोरुमध्ये चट्याङबाट एउटा गोरु मात्र बाँचेको वडाध्यक्ष गुरुमणि कुमाईले बताए ।

चट्याङबाट कार्कीको दुई लाखको क्षति भएको प्रहरी मुचुल्का तयार पारिएको छ । मरेका गाईगोरु खाल्डो खनेर पुरिएको छ ।

घरभन्दा करिब एक किलोमिटर दूरीमा राखिएको गोठमा चट्याङ परेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै