• २०८१ बैशाख १४ शुक्रबार

बार्सिलोनाले जित्यो जोन गाम्पर ट्रफी

kharibot

काठमाडौँ । बार्सिलोनाले जोन गाम्पर ट्रफी जितेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले मेक्सिकन क्लब पुमास उनामलाई ६-० गोल अन्तरले पराजित गर्दै यस बर्षको जोन गाम्पर ट्रफी जितेको हो ।

बार्सिलोनाको जितमा पेड्रीले दुई गोल गरेका थिए भने रोबेर्ट लेवानडोस्की, ओसमान डेम्बेले, पिएरे एमरिक आउबामेयांग र फ्रेन्की डी जोंगले एक एक गोल गरेका थिए ।

बार्सिलोनाले आफ्नो ला लिगाको सिजन अगाडी आफ्ना क्लबका पूर्व खेलाडी, संस्थापक सदस्य र क्लबका पुर्ब अध्यक्ष जोन गाम्परको नाममा विश्वका कुनै एक टिमलाई आमन्त्रण गरेर जोन गाम्पर ट्रफीको नाममा खेल खेल्ने गर्दछ । यो सबैभन्दा पहिलो पटक १९६६ मा खेलिएको थियो ।

अहिलेसम्म ५७ पटक भएको यो प्रतियोगितामा यो सहित बार्सिलोनाले ४५औँ उपाधि जितेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै