• २०८१ बैशाख ८ शनिबार

प्रधानसेनापति शर्माद्वारा दर्ज्यानी चिन्ह प्रदान

kharibot

काठमाडौँ । नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सागर बहादुर थापा र मानार्थ उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी निरज पौडेललाई प्रधान सेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रधानसेनापति शर्माले सोमबार जंगी अड्‌डामा आयोजित कार्यक्रमकाबीच थापा र पौडेललाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । पदोन्नती भएका उपरथी सागर बहादुर थापा कार्यरथी विभागको विभागीय प्रमुखमा नियुक्ति भएका छन् ।

सोही अवसरमा, प्रधान सेनापति महारथी शर्माले सहायक रथी दर्जामा पदोन्नती भएका ३  जना महासेनानीहरु र महासेनानी दर्जामा पदोन्नती भएका जना प्रमुख सेनानीहरुलाई पदोन्नती दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै