• २०८१ बैशाख ८ शनिबार

एशिया कप टी-२० का लागि भारतीय टिम को घोषणा, को को परे ?

kharibot


 काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले एसिया कप टी–२० प्रतियोगिताका लागि टोलीको घोषणा गरेको छ । विराट कोहली र केएल राहुल भारतीय टोलीमा फर्किएका छन् ।

टोलीको नेतृत्व रोहित शर्माले गर्नेछन् । केएल राहुल टोलीको उपकप्तान हुनेछन् । यसबाहेक दीपक हुड्डा, अर्शदीप सिंह र आवेश खानले टोलीमा आफ्नो स्थान बचाउन सफल भएका छन् । भारतले १५ खेलाडीको टोली छनोट गरेको छ ।

त्यस्तै जसप्रित बुमराह र हर्षल पटेल चोटका कारण छनोटका लागि उपलब्ध नभएको बीसीसीआईले जनाएको छ । जसका कारण उनी टोलीमा परेका छैनन् । भारतले १५ खेलाडीसहित तीन खेलाडीलाई स्ट्यान्डबाइमा राखेको छ । जसमा श्रेयस अय्यर, दीपक चहर र अक्षर पटेल छन् ।

एसिया कपका लागि भारतीय टोलीः रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकीपर), दीपक हुडा, दिनेश कार्तिक (विकेट), हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, रविचन्द्रन अश्विन, युजवेन्द्र चहल, रवि बिश्नोई, भुवनेश्वर कुमार, अर्शदीप सिंह र आवेश खान ।

स्ट्यान्डबाइ: श्रेयस अय्यर, दीपक चाहर र अक्षर पटेल ।

अगस्ट २७ बाट सुरु हुने यस प्रतियोगितामा भारतको पहिलो खेल पाकिस्तानसँग हुनेछ । यी दुवै टोली समूह ए मा परेका छन् । समूह ‘ए’ मा भारत र पाकिस्तानसहित तीन टोली छन्, तेस्रो टोली छनोट चरणको विजेता टोली यस समूहमा प्रवेश गर्नेछ । समूह बी मा श्रीलंका, अफगानिस्तान र बंगलादेश रहेका छन् । अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म हुने यस प्रतियोगितामा कुल १३ खेल हुनेछन् ।

यसपटक एसिया कप युएईमा आयोजना हुँदैछ । यसअघि यस प्रतियोगिताको आयोजक श्रीलंकाले पाएको थियो तर त्यहाँको अवस्था बिग्रँदै गएपछि अहिले युएईले यो प्रतियोगिताको आयोजकत्व पाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै