• २०८१ बैशाख १२ बुधबार

विहारमा नितिशले तोडे भाजपासँगको गठबन्धन

kharibot

काठमाडौँ । नयाँ दिल्ली–विहारका मुख्यमन्त्री नितिश कुमारले बिहारमा भाजपासँगको  गठबन्धन तोडेका छन् ।

नितिशले आज मंगलबार साँझ राज्यपाललाई भेटेर मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारी गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । गठबन्धन तोड्नुअघि नितिशले विधानसभाका सांसदहरूसँग छलफल गरेका थिए ।

नितिश अब अहिलेका प्रतिपक्षि दलहरु राष्ट्रिय जनता दल, भारतीय नेशनल कांग्रेस र कम्युनिष्ट पार्टीसंग मिलेर सरकार बनाउने तयारी गरेका छन् ।

२४३ सदस्यीय बिहार बिधान सभामा लालु यादवको अप्रति जनता दलको ७९, भाजपाको ७७, नितिशको पार्टी जेडियुको ४५, कांग्रेसको १९ र कम्युनिष्ट पार्टीको १२ सिट रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै