• २०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्री देउवासँग डा. बाबुराम भट्टराईको भेटवार्ता

kharibot

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसहितका नेताहरूले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच सत्ता गठबन्धन, आगामी निर्वाचनमा चुनावी तालमेल, समसामयिक राजनीतिक विषयमा छलफल भएको समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए ।

भेटमा प्रधानमन्त्री देउवाले सो पार्टीलाई गठबन्धनमा सामेल गर्ने सम्बन्धमा आफू सकारात्मक रहेको र यस सम्बन्धमा गठबन्धनका अन्य घटकसँग पनि सल्लाह गर्ने बताउनुभएको केन्द्रीय सदस्य पाण्डेले बताए ।

समाजवादी पार्टीका अध्यक्ष भट्टराईले सत्ता गठबन्धन बनाउन आफूहरुको पनि महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सहकार्यका लागि इच्छुक रहेको बताए । भेटमा समाजवादी पार्टीका अर्का अध्यक्ष महेन्द्र यादव पनि सहभागी थिए । डा भट्टराईलगायतका नेताहरुले जनता समाजवादी पार्टीबाट हालै अलग भएर सो पार्टी स्थापना गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै