• २०८१ बैशाख १२ बुधबार

एकदिवसीय मान्यता : खेलाडीलाई बधाई, सरकारलाई प्रश्न : स्टेडियम कहिले बन्छ ?

kharibot

काठमाडौँ ।  नेपाली क्रिकेटका लागि विहिबार अत्यन्त सुखद रह्यो ।  करिब ३० बर्ष लामो प्रयास र उतार चढावका बीच नेपाली क्रिकेटले आसीसीको एकदिवसीय क्रिकेट खेल्ने मान्यता पायो । 

संसारभरबाट नेपाली टिम, कप्तान पारस खड्का र नेपाली क्रिकेट प्रेमीहरुलाई बधाईको ओइरो नै आयो । आसीसी आफैले पनि नेपाली खेलाडीहरुको प्रसंशा गर्दै नेपाललाई बधाई दियो । नेपाली खेलप्रेमी त खुशी हुने नै भए । बढाई दिनेमा विभिन्न देशका क्रिकेट संघदेखि खेलाडीहरुले एकदिवसीय खेल खेल्न नेपाल आउने इच्छा व्यक्त गरे । 

आयरल्याण्डका चर्चित क्रिकेटर केभिन ओ ब्रायनले त नेपालसँग पहिलो एकदिवसीय टुरमा आउने इच्छा व्यक्त गर्दै नेपाललाई शुभकामना दिए । आसीसीले नेपाली खेलाडीहरुले खेलको समयमा खुशियाली मनायो फोटो आफ्ना सामाजिक संजालमा ब्यानर फोटो बनाएर नेपालको सफलताको सम्मान पनि गरेको छ । 

नेपालले एकदिवसीय मान्यता पाउदै गर्दा नेपाली क्रिकेटप्रेमी र सरोकारवालाहरुलाई अब एउटै कुराले सताएको छ, क्रिकेट कँहा खेल्ने ? उनीहरुले विभिन्न सामाजिक संजाल र मिडियामा बधाईसँगै सरकारलाई प्रश्न गरेका छन् की खेलाडीले त आफ्नो काम गरे अब सरकारले पनि आफ्नो काम गर, क्रिकेटको पूर्वाधारमा लगानी गर ।  उनीहरुले भनेका छन् बर्षौ देखि मुलपानी क्रिकेट स्टेडियम किन सम्पन्न हुन् सकेन ? क्रिकेटको संघमा किन राजनीति भइरहेको छ ? सरकारलाई छिटो भन्दा छिटो क्यानको विवाद मिलाउन जोडदार प्रश्न गरेका छन् । 

अत्यन्त प्रतिकुल परिस्थितिमा रहेको नेपाली क्रिकेटलाई खेलाडीहरुको उच्च लगावका कारण ऐतिहासिक सफलता मिलेको कुरामा दुई मत छैन ।  केहि दिन अगाडी विश्वकप छनौटबाट बाहिरिदा दुखि हुदै देशमा क्रिकेटको संरचना र अस्तव्यस्त क्रिकेट प्रशासनलाई दोष दिएर चित्त बुझाएका फ्यानहरु नेपाली टिमले निर्णायक खेलमा पुनरागमन गर्दै एकदिवसीय मान्यता पाएपछि अब सरकारलाई क्रिकेटको विवाद मिलाउन र क्रिकेटमा लगानी गर्न दबाब बढाएका छन् ।  

अहिलेसम्म जे भएको भए पनि दुई तिहाई बहुमतको सरकार, राजनीतिक रुपमा स्थितिरता तर्फ गइरहेको देश र अन्तर्राष्ट्रिय रुपमा नेपाली खेलाडीले गरेको प्रदर्शन हेर्दा क्रिकेटप्रेमी आमजनताले उठाएको सरकारप्रतिको प्रश्नलाई यथाशिघ्र सम्बोधन गर्न सरका ले चाहेमा गर्न सकिने परिस्थिति रहेको छ ।  यो भन्दा राम्रो अवसर सायदै कुनै सरकारले पाउला । 

अहिले विगतमा जस्तो खेलाडीलाई बालुवाटार बोलाएर एक-दुई लाखको चेक थमाएर खादा ओढाएर, फोटो खिचाएर नेपाली क्रिकेटको विकास हुदैन ।  हामीसँग नेपाली क्रिकेटलाई अर्को उचाईमा पुर्याउन अब ४ बर्ष छ ।  यस अवसरको सहि सदुपयोग त्यति बेला मात्र हुन्छ जब सरकारले यस क्षेत्रमा लगानी र पूर्वाधारको विकास गर्छ । 

गत महिना नेपालले खेलेको डिभिजन २ र अहिले खेलिरहेको विश्वकप छनौट खेलमा नेपाली युवा खेलाडीहरुले फिल्डमा देखाएको जित्नै पर्छ भन्ने भोकले नेपाली क्रिकेटको उज्ज्वल भविष्यको संकेत त गरेको छ तर सँगसँगै प्रश्न पनि गरेको छ सरकार स्टेडियम कहिले बन्छ ?        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै