• २०८१ बैशाख ८ शनिबार

युक्रेनमा रुसी गोलाबारी- १२ जनाको मृत्यु

kharibot

काठमाडौं । युक्रेनको मध्यभागमा रातभर रुसी गोलाबारी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । निप्रोपेत्राेभस्क क्षेत्रका गभर्नरले आफ्नो क्षेत्रमा ११ जनाको ज्यान गएको र जापोरिज्जिया क्षेत्रमा अन्यको मृत्यु भएको बताएका छन् ।

जापोरिज्जिया  युरोपको सबैभन्दा ठूलो आणविक उर्जा संयन्त्रको घर हो । दुई देशले  एकअर्कालाई सप्ताहन्तमा गोली हानेको आरोप लगाएका छन् । 
रुसले युक्रेनमा विस्फोटका शृंखला घटाएको बताइरहेका बेला  पछिल्लो विस्फोटको घटना  सार्वजनिक भएको हो ।

त्यसअघि रुसी एयरबेसमा शृंखलाबद्ध विष्फोटमा एक जनाको मृत्यु भएको विवरण सार्वजनिक भएका थियो । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको युद्ध क्रिमियाबाट सुरु भएको र यसको मुक्तिसँगै अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

‘क्रिमिया युक्रेनी भूभाग हो र हामी यसलाई कहिल्यै छोड्ने छैनौं’, उनले भने ।  क्रिमिया आधिकारिक रुपमा युक्रेनको महत्वपूर्ण भूभाग हो । तर, सन् २०१४ मा एक जनमत संग्रहपछि रुसले कब्जा गरेको थियो । यस कार्यलाई अन्तर्राष्ट्रिय समुदायले अवैध रूपमा हेर्दै आएको छ । युक्रेनीहरूले यसलाई रूससँगको युद्धको कारकको रूपमा हेर्छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै