• २०८१ बैशाख १२ बुधबार

बाढी-पहिरो प्रभावितको व्यवस्थापन र राहतमा ध्यान दिन आग्रह

kharibot

काठमाडौँ । राष्ट्रियसभाका सांसदले मुलुकका धेरै जिल्लामा विपद्जन्य घटना निम्तिएको र यसले जनधनको क्षति भएको उल्लेख गर्दै प्रभावितको उचित व्यवस्थापन र राहत दिन सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिएर बोल्दै सांसद विमला घिमिरेले वर्षाका कारण किसानले गत वर्ष क्षति बेहोरेको धानको राहतसमेत नपाएको बताइन् । उनले  सरकारले क्षतिको अभिलेख मात्रै सङ्कलन गरेर क्षतिपूर्ति नदिएको अवस्थामा अहिले फेरि धानका लागि मलसमेत नपाउनु विडम्बना भएको बताइन्  ।

उनले पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नघटाइएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले बाढी पहिरो प्रभावितको उचित व्यवस्थापन र राहत दिन पनि आग्रह गरिन् । अर्का सांसद शारदादेवी भट्टले यस वर्ष पनि वर्षाका कारण मुलुकका धेरै क्षेत्रमा ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै प्रभावित नागरिकलाई उचित राहत दिन आग्रह गरिन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै