• २०८१ बैशाख ८ शनिबार

भारतमा १६ हजारभन्दा बढीमा कोरोना सङ्क्रमित

kharibot

नयाँदिल्ली । भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार ४७ नयाँ सङ्क्रमित भएका हुन्  । 

यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४१ लाख ९० हजार ६ सय ९७ सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ ।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख २८ हजार दुई सय ६१ रहेको छ ।

कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २६ हजार आठ सय २६ व्यक्तिको मृत्यु भइसकेको छ । यहाँ कूल चार करोड ३५ लाख ३५ हजार छ सय १० भन्दा बढी कोरोनामुक्त भएका छन् । 
   
नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म दुई अर्ब छ करोड ५७ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८७ करोड ८० लाखभन्दा बढीको कारोना भाइरस परीक्षण भएको जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै